एसियन स्मार्ट एग्रोको बृहत अन्तरक्रिया सम्पन्न : निर्वाहमुखी कृषिलाई व्यावसायिक बनाइने
काठमाडौं । एसियन स्मार्ट एग्रो कम्पनी लिमिटेडको विशेष अन्तरक्रिया कार्यक्रम सिराहाको गोलबजारस्थित होटेल पावन मिथिलामा भव्यताका साथ सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष प्रवीण कुमार लामाको अध्यक्षतामा शुक्रबार आयोजित उक्त कार्यक्रममा सञ्चालक चन्द्रमोहन श्याङ्वाले उपस्थित स्थानीय किसान, कृषि व्यवसायी तथा सम्पूर्ण सरोकारवालाहरूलाई स्वागत गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि जिल्ला उपसभापति दिलिपकुमार लामाले कृषि क्षेत्रको रूपान्तरणमा यस्ता अन्तरक्रियाको ठूलो भूमिका रहने बताए ।
कार्यक्रममा प्राविधिक तथा व्यावसायिक पक्षमाथि गहन छलफल भएको थियो । पशु विज्ञ जगत यादवले किसानहरूलाई परम्परागत खेती प्रणालीबाट माथि उठेर व्यावसायिक बन्न र आगामी दिनमा आफ्नो व्यवसायलाई आधुनिक एवं नाफामूलक कसरी बनाउने भन्नेबारे विस्तृत जानकारी गराए भने कम्पनीका अर्का सञ्चालक प्रदिप यादवले एसियन स्मार्ट एग्रोका आगामी योजना र किसान लक्षित विभिन्न कार्यक्रमहरूमाथि प्रकाश पार्दै कम्पनीले किसान हितका लागि काम गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
अन्तरक्रियाका क्रममा उपस्थित किसानहरूले आफ्ना व्यावहारिक समस्याहरू राख्दै महत्वपूर्ण सुझावहरू दिएका थिए । किसानहरूले उत्पादित कृषि सामग्री बिक्रीका लागि व्यवस्थित बजार प्रणालीको विकास गर्न, प्राकृतिक प्रकोपबाट बच्न बाली बीमाको व्यवस्था मिलाउन, उत्पादन सुरक्षित राख्न कोल्ड स्टोर (शीत भण्डार) स्थापना गर्न तथा सरकार र बैंकहरूबाट उपलब्ध हुने अनुदानमा आधारित कृषि कर्जाका लागि कम्पनीले समन्वयकारी भूमिका खेलिदिन आग्रह गरेका थिए ।
सम्बन्धित समाचार
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
नाइमा अटो एक्स्पोमा सीएफमोटोको आर्कषण, १११ युनिट बुकिङ्
नाइमा मोबिलिटी एक्स्पो २०२६ : पाँच दिन मै १ लाख ५० हजारभन्दा बढीले गरे अवलोकन
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


