रणवीर र रश्मिकासँग कजारिया रमेश टायल्सको ‘घरमा कजारिया…’ अभियान सार्वजनिक
काठमाडौं । कजारिया रमेश टायल्स लिमिटेडले नयाँ ब्रान्ड अभियान ‘घरमा कजारिया, सबैले सोध्ने नै भयो नि!’ सार्वजनिक गरेको छ। कम्पनीका अनुसार देशव्यापी रूपमा सञ्चालन हुने यो अभियान जेठ ११ गतेदेखि सुरु हुनेछ।
चर्चित ब्रान्ड एम्बेसेडर रणवीर सिंह र रश्मिका मन्दानालाई समेटिएको अभियानले आफ्नै घरप्रतिको गर्व, सौन्दर्य र जीवनशैलीलाई केन्द्रमा राखेको छ। अभियानमार्फत कजारिया टायल्सको प्रयोगले घरलाई आकर्षक र स्टाइलिस बनाउँदै पाहुनाहरूको ध्यान सहजै खिच्न सक्ने सन्देश दिइएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार प्रिमियम इन्टेरियर फिनिसिङमार्फत प्राप्त हुने सामाजिक पहिचान र प्रशंसालाई अभियानको मुख्य अवधारणा बनाइएको छ। रणवीरको ऊर्जाशील व्यक्तित्व र रश्मिकाको आकर्षक प्रस्तुतिमार्फत कजारियाका डिजाइनहरूले नेपाली घरहरूलाई अन्तर्राष्ट्रिय स्तरको भव्यता प्रदान गर्ने सन्देश प्रवाह गरिएको छ।
शुभारम्भका अवसरमा कजारिया रमेश टायल्स लिमिटेडका प्रवक्ताले भने, “घर भनेको व्यक्तिको सफलता र अभिरुचिको प्रतिबिम्ब हो। हाम्रो नयाँ अभियान ’घरमा कजारिया, सबैले सोध्ने नै भयो नि!’ ले घरमा आउने पाहुनाहरूले फ्लोर र वालको सौन्दर्य देखेर प्रशंसा नगरी रहनै नसक्ने सुखद क्षणलाई समेटेको छ। रणवीर र रश्मिकाको प्रभावशाली उपस्थितिमार्फत नेपाली घरपरिवारमा विश्वस्तरीय विलासिता सिधै भित्र्याउने हाम्रो प्रतिबद्धतालाई थप सुदृढ बनाउन पाउँदा हामी अत्यन्तै उत्साहित छौँ।“
कजारिया रमेश टायल्स लिमिटेडले उन्नत प्रविधिसहितको देशकै सबैभन्दा ठूलो टायल उत्पादन उद्योग स्थापना गरी नेपालमा टायल उद्योगलाई नयाँ परिभाषा दिएको छ । यसको नेतृत्व विभिन्न अन्तर्राष्ट्रिय मान्यताहरूबाट थप सुदृढ बनेको छ, जसमा सुपरब्रान्ड २०२५ को उपाधि, Asia’s Most Promising Brand को मान्यता तथा विश्वका शीर्ष ८ टायल उत्पादक कम्पनीमध्ये एकका रूपमा स्थापित हुनु समावेश छन् ।
गुणस्तर तथा दिगोपनाप्रतिको प्रतिबद्धता आइएसओ ९००१ः२०१५ र आइएसओ १४००१ः२०१५ प्रमाणीकरणमार्फत पुष्टि भएको छ भने भारतीय हरित भवन परिषद्को सदस्यताले यसको वातावरणीय जिम्मेवारीलाई झल्काउँछ ।
यसैलाई निरन्तरता दिँदै कजारियाले हालै एनएस क्वालिटी अर्वाड २०२६ समेत प्राप्त गरेको छ, जसले यसलाई विश्वसनीय र विश्वस्तरीय टायल उत्पादकका रूपमा थप मजबुत बनाउनुका साथै ३,००० भन्दा बढी डिजाइन विकल्पसहित कजारियाले टिकाउपन, सौन्दर्य र कार्यसम्पादनको उत्कृष्ट संयोजनमार्फत आन्तरिक स्थानहरूलाई रूपान्तरण गर्दै आएको बताइएको छ ।
हाल कजारियाले नेपालभर १०० भन्दा बढी शोरूमहरूको सशक्त सञ्जाल विस्तार गरिसकेको जनाएको छ । कम्पनीका उत्पादनहरूमा ग्लेज्ड भिट्रिफाइड टायल (६० x १२० से.मी., ६० x ६० से.मी., १९.५ x १२० से.मी. र ४० x ४०से.मी. ८मि.मी.), हेभी ड्युटी ग्लेज्ड भिट्रिफाइड टायल ४० x ४०से.मी.१२ मि. मी. तथा सेरामिक वाल टायल (३० x ६० से.मी., ३० x ४५ से.मी. समावेश छन् । यी टायलहरू पानी तथा दाग प्रतिरोधी, बलियो, दीगो र आधुनिक डिजाइनमा उपलब्ध छन् ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


