पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव : आज यी प्रदेशमा वर्षाको सम्भावना
काठमाडौं । नेपालमा पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु र नेपाल नजिक रहेको न्यून चापीय रेखाको मिश्रित प्रभावका कारण आज देशभरकै मौसम प्रभावित भएको छ । यो मौसमी प्रणाली सक्रिय रहँदा देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपात भइरहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालको उपल्लो वायुमण्डलमा रहेको मौसमी प्रणालीका कारण हाल कर्णाली, सुदूरपश्चिम, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बदली भएको छ भने तराई क्षेत्रमा आंशिक बादल लागेको छ । अहिले कोशी, बागमती र कर्णाली प्रदेशका थोरै स्थानहरू तथा गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज देशभरकै मौसममा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहने महाशाखाले जनाएको छ । तराई भू-भागमा आंशिक बदली भए पनि हिमाली र पहाडी क्षेत्रमा भने मौसम बिग्रने सम्भावना छ ।
विशेष गरी कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाडी भू-भागका थोरै स्थानहरूमा मौसम प्रतिकूल रहने देखिएको छ । साथै, ती क्षेत्रहरूका अतिरिक्त कोशी र लुम्बिनी प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा समेत मेघगर्जन, चट्याङ र हुरीबताससहित मध्यमसम्मको वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपात हुनसक्ने पूर्वानुमान महाशाखाले गरेको छ । सम्भावित चट्याङ र मौसम फेरबदलबाट हुनसक्ने जोखिमप्रति सतर्क रहन मौसमविद्हरूले आग्रह गरेका छन् ।
सम्बन्धित समाचार
कस्तो रहला आजको मौसम ?
प्रोटोन इ.मास ५ : नाइमा नेपाल मोबिलिटि एक्सपोको विशेष आकर्षणको हब
हायर पर्चेज कर्जाको ब्याजदरमा राष्ट्र बैंकको कडाइ
चेरी वान्डाका ईभी भ्यान, बिना धितो हायर पर्चेज सुविधासहित नाइमा एक्स्पोमा
“एट्टो सिरिज” को न्यु जेनेरेसन नेपालमा, बीवाईडीले नाइमा एक्सपोमा सार्वजनिक गर्यो अपडेट मोडल
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
ट्रेन्डिङ
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान
एनसेलको ‘मनसुन अफर’ सार्वजनिक, सिम र प्याक खरिदमा २० प्रतिशतसम्म क्यासब्याक
सुनको मूल्य एकैदिन प्रतितोला ८ हजार रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?


