मोबाइल नम्बर वा इमेल परिवर्तन भए वित्तीय संस्थालाई जानकारी गराउन राष्ट्र बैंकको आग्रह
काठमाडौं । नेपाल राष्ट्र बैंकले मोबाइल नम्बर वा इमेल ठेगाना परिवर्तन भएमा सम्बन्धित बैंक, वित्तीय संस्था वा भुक्तानी सेवा प्रदायकलाई तत्काल जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरेको छ। एक वित्तीय सचेतना सन्देश जारी गर्दै राष्ट्र बैंकले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ तथा डिजिटल वालेटजस्ता सेवाहरू ग्राहकले दर्ता गराएको मोबाइल नम्बर वा इमेलसँग आवद्ध रहने जनाएको छ।
यस्ता माध्यममा खातासम्बन्धी महत्त्वपूर्ण सूचना तथा विवरण जोडिएको हुने भएकाले परिवर्तन भएको अवस्थामा अद्यावधिक गराउनु आवश्यक रहेको राष्ट्र बैंकको भनाइ छ।
राष्ट्र बैंकका अनुसार मोबाइल फोन हराएको, चोरी भएको वा नम्बर परिवर्तन भएको अवस्थामा सम्बन्धित सेवा प्रदायकलाई समयमै जानकारी नगराउँदा खातासम्बन्धी संवेदनशील विवरणमा अनधिकृत व्यक्तिको पहुँच पुग्न सक्ने जोखिम रहन्छ।
यसैले जुनसुकै कारणले मोबाइल नम्बर वा इमेल ठेगाना परिवर्तन भएमा यथाशीघ्र सम्बन्धित वित्तीय सेवा प्रदायकलाई जानकारी गराई आफ्नो विवरण अद्यावधिक गर्न राष्ट्र बैंकले आग्रह गरेको छ।
सम्बन्धित समाचार
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


