नागढुंगा सुरुङमार्गका लागि जापानले थप ऋण सहायता
काठमाडौं । नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका लागि जापान सरकारले थप ऋण सहयोग उपलब्ध गराउने भएको छ। आयोजना निर्माण क्रममा लागत बढेपछि जापानले ५ अर्ब ७० करोड जापानी येन (करिब ५ अर्ब ५० करोड नेपाली रुपैयाँ) बराबरको अतिरिक्त ऋण सहायता दिने निर्णय गरेको हो।
यससम्बन्धी समझदारीपत्रमा बुधबार नेपालका लागि जापानी राजदूत माएदा तोरु र नेपाल सरकारका अर्थ सचिव घनश्याम उपाध्याय ले हस्ताक्षर गरेका छन्। थप सहयोगसँगै यस आयोजनाका लागि जापानको कुल ऋण सहायता २२ अर्ब ३३ करोड ६० लाख जापानी येन पुगेको छ।
यसअघि सन् २०१६ डिसेम्बरमा १६ अर्ब ६३ करोड ६० लाख येन बराबरको ऋण सम्झौता भएको थियो। तर निर्माण क्रममा मूल्यवृद्धि, निर्माण सामग्रीको लागत वृद्धि तथा प्राविधिक कारणले कुल लागत बढेपछि थप रकम आवश्यक परेको हो।
नेपाल–जापान सहकार्यअन्तर्गत निर्माण भइरहेको नागढुंगा सुरुङमार्ग २०१९ देखि निर्माणाधीन छ। राजधानी काठमाडौंलाई अन्य प्रदेशसँग जोड्ने प्रमुख प्रवेशद्वारका रूपमा रहेको नागढुंगा क्षेत्रमा हुने सवारी जाम र ढुवानी समस्याको दीर्घकालीन समाधानका रूपमा यो आयोजना हेरिएको छ।
सम्बन्धित समाचार
प्रोटोन इ.मास ५ : नाइमा नेपाल मोबिलिटि एक्सपोको विशेष आकर्षणको हब
हायर पर्चेज कर्जाको ब्याजदरमा राष्ट्र बैंकको कडाइ
चेरी वान्डाका ईभी भ्यान, बिना धितो हायर पर्चेज सुविधासहित नाइमा एक्स्पोमा
“एट्टो सिरिज” को न्यु जेनेरेसन नेपालमा, बीवाईडीले नाइमा एक्सपोमा सार्वजनिक गर्यो अपडेट मोडल
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
पहिरोले १४ मेगावटको घारखोला पावर हाउसमा क्षति
ट्रेन्डिङ
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
एनसेलको ‘मनसुन अफर’ सार्वजनिक, सिम र प्याक खरिदमा २० प्रतिशतसम्म क्यासब्याक


