Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

एम.ए.डब्लु. अर्थमुभर्स (जेसीबी डिभिजन) र एभरेष्ट बैंकबीच सहकार्य, जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म वित्तीय सुविधा

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, असार, ४
एम.ए.डब्लु. अर्थमुभर्स (जेसीबी डिभिजन) र एभरेष्ट बैंकबीच सहकार्य, जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म वित्तीय सुविधा

काठमाडौं । नेपालको निर्माण तथा पूर्वाधार विकास क्षेत्रमा सक्रिय एम।ए।डब्लु। अर्थमुभर्स प्रालि (जेसीबी डिभिजन) र एभरेष्ट बैंक लिमिटेडबीच जेसीबीका ग्राहकलाई सहज, छिटो तथा प्रभावकारी वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ।

समझदारीपत्रमा एम।ए।डब्लु। अर्थमुभर्स प्रालिका तर्फबाट सञ्जय देव यादव र एभरेष्ट बैंक लिमिटेडका तर्फबाट विनय खनालले हस्ताक्षर गरेका हुन्। यस रणनीतिक सहकार्यअन्तर्गत जेसीबीसहित विभिन्न निर्माण उपकरण खरिद गर्न इच्छुक ग्राहकहरूले एभरेष्ट बैंकका देशभर रहेका शाखामार्फत सहज रूपमा वित्तीय सुविधा लिन सक्नेछन्। सम्झौताअनुसार ग्राहकले उपकरणको कुल मूल्यको अधिकतम ८० प्रतिशतसम्म वित्तीय सुविधा प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ।

त्यसैगरी, ऋण स्वीकृति प्रक्रियालाई थप सरल, छरितो र ग्राहकमैत्री बनाउन आवश्यक सबै कागजात पेश गरी प्रक्रिया पूरा भएको अवस्थामा ७ कार्यदिनभित्र डेलिभरी अर्डर जारी गर्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ। यसबाट ग्राहकले समयमै उपकरण प्राप्त गरी आफ्नो व्यवसाय सञ्चालनलाई थप प्रभावकारी बनाउन सक्ने विश्वास गरिएको छ।

एम.ए.डब्लु. अर्थमुभर्सका अनुसार यस सहकार्यले निर्माण व्यवसायी, ठेकेदार तथा उद्यमीलाई आवश्यक निर्माण उपकरण खरिदका लागि सहज वित्तीय पहुँच उपलब्ध गराउनुका साथै वित्तीय प्रक्रियामा लाग्ने समय र झन्झट घटाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।

कम्पनीका अनुसार उक्त समझदारीले एम.ए.डब्लु. अर्थमुभर्स र एभरेष्ट बैंकबीचको व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाउनेछ। दुवै संस्थाले ग्राहकको सुविधा, सन्तुष्टि तथा व्यवसायिक वृद्धिलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि नवीन तथा ग्राहकमुखी सेवाहरू विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। यस सहकार्यले नेपालको निर्माण तथा पूर्वाधार विकास क्षेत्रमा आवश्यक उपकरणको पहुँच विस्तार गर्दै लगानी तथा व्यवसाय प्रवर्द्धनमा सकारात्मक योगदान पुग्ने विश्वास दुवै पक्षले व्यक्त गरेका छन्।

naima expoTop Changing Nepal

युट्युब सट्स