Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

यामाल बने यस विश्वकपको सबैभन्दा कान्छो गोलकर्ता, स्पेन ४-० ले बिजयी

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, असार, ८
यामाल बने यस विश्वकपको सबैभन्दा कान्छो गोलकर्ता, स्पेन ४-० ले बिजयी

काठमाडौं । स्टार विंगर लामिन यमाल यस विश्वकपमा गोल हान्ने सबैभन्दा कान्छो खेलाडी बनेका छन् । यमालको गोलीवाट फिफा विश्वकपमा गोलको खाता खोलेको दिन युरोपियन च्याम्पियन स्पेनले साउदी अरेबियाविरुद्ध ४–० को प्रभावशाली जित हासिल गरेको छ ।

फिफा विश्वकप २०२६ अन्तर्गत एट्लान्टा रंगशालामा सम्पन्न समूह ‘एच’को खेलमा स्पेनले  सुरुआती मिनेट देखि नै आक्रमक खेल प्रस्तुत गरेको थियो ।   खेलको १०औं मिनेटमा स्ट्राइकर मिकेल ओयारजाबालको पासमा यमालले ट्याप इन गोल गर्दै स्पेनलाई अग्रतामा दिलाएका थिए ।

सो गोलसँगै १८ वर्ष ३४३ दिनका यमाल फिफा विश्वकप इतिहासमा आठौं कान्छा गोलकर्ताको रेकर्डसमेत बने। र, स्पेनका लागि उनी दोस्रो सबैभन्दा कान्छा गोलकर्ता भए । यसअघि स्पेनका मिडफिल्डर गाबीले सन् २०२२ कतार विश्वकपमा १८ वर्ष ११० दिनको उमेरमा गोल गरेका थिए।

पहिलो खेलमा नवप्रवेशी केप भेर्डेसँग गोलरहित बराबरीमा रोकिएपछि चौतर्फी आलोचना भोगेको स्पेनले २४ मिनेटभित्र थप दुई गोल गरेर नयाँ किर्तिमान काम गरेको थियो । २१औं मिनेटमा ओयारजाबालले गोल गरेको तीन मिनेट बित्न नपाउँदै २४ मिनेटमा दोस्रो गोल गरेर स्पेनलाई ३–० अग्रता दिलाउन सफल भएका थिए । खेल अवधिभर ६७ प्रतिशत पोजेसन कायम गरेको स्पेनका कुकुरेयाले ४९औं मिनेटमा चौथो गोल गरिदिए ।

यो जितसँगै स्पेनले नकआउट चरणमा पुग्ने आफ्नो सम्भावनालाई बलियो बनाएको छ । अन्तिम ३२ मा प्रवेश गर्न समूहको अन्तिम खेलमा स्पेनलाई उरुग्वेविरुद्ध कम्तिमा एक अंक आवश्यक पर्नेछ।

naima expoTop Changing Nepal

युट्युब सट्स