याडियाको इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’ नेपाली बजारमा सार्वजनिक, कति पर्छ मूल्य ?
काठमाडौं । विश्वकै नम्बर १ इलेक्ट्रिक दुईपांग्रे ब्रान्ड याडियाले आफ्नो बहुप्रतिक्षित याडिया किनेसलाई नेपालमा सार्वजनिक गरेको छ । नेपालका लागि याडियाको आधिकारिक वितरक कुजु नेपाल प्रा.लि. मार्फत सार्वजनिक गरिएको किनेसले नेपाली बजारमा पर्फर्मेन्स इलेक्ट्रिक मोटरसाइकलको नयाँ अनुभव दिलाएको बताइएको छ ।
कम्पनीका अनुसार, दैनिक आवतजावतका लागि मात्रै केन्द्रित परम्परागत इलेक्ट्रिक दुई पांग्रे सवारीसाधनभन्दा फरक याडिया किनेसलाई गति प्रदर्शन, रोमाञ्चक राइडिङ अनुभव र आकर्षक डिजाइनलाई प्राथमिकतामा राखेर विकास गरिएको छ ।
आधुनिक प्रविधि, शक्तिशाली प्रदर्शन र प्रिमियम अनुभव खोज्ने राइडरहरुलाई लक्षित गर्दै यो मोटरसाइकल तयार गरिनुका साथै याडिया किनेसमा ११ किलोवाट क्षमताको उच्च प्रदर्शनयुक्त मिड-ड्राइभ मोटर जडान गरिएको छ, जसले ३०० एनएम टर्क उत्पादन गर्ने जनाइएको छ ।

यसले तीव्र एक्सेलेरेसन र उत्कृष्ट सड़क प्रदर्शन सुनिश्चित गर्छ भने किनेसले ० देखि ५० किलोमिटर प्रतिघण्टाको गति केवल ३ सेकेन्डमा प्राप्त गर्न सक्छ भने यसको अधिकतम गति १०० किलोमिटर प्रतिघण्टा रहेको बताइएको छ । यी विशेषताले यसलाई नेपालकै उत्कृष्ट र शक्तिशाली इलेक्ट्रिक मोटरसाइकलहरू मध्ये एक बनाएको कम्पनीले जनाएको छ ।
नेपालका फरक-फरक सडक र उकालो बाटोलाई ध्यानमा राखेर बनाइएको किनेसले २० डिग्रीसम्मको ढलान सजिलै पार गर्न सक्नेगरी बनाइएको यस मोटरसाइकलले कठिन सडकमा पनि सहज र भरपर्दो राइडिङ अनुभव दिने कम्पनीको दाबी छ ।
किनेसमा ४.६ किलोवाट घण्टा क्षमताको ब्याट्री प्रयोग गरिएको छ, जसलाई ४० भन्दा बढी सुरक्षा सुविधासहितको स्मार्ट ब्याट्री व्यवस्थापन प्रणालीले सुरक्षित र भरपर्दो बनाउनुका साथै यसले ब्याट्रीलाई सुरक्षित, भरपर्दो र लामो समयसम्म टिकाउ बनाउँदै सहज र विश्वसनीय राइडिङ अनुभव प्रदान गर्ने कम्पनीको विश्वास रहेको छ ।
कम्पनीका अनुसार, याडिया किनेसले अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्ठित रेड डट डिजाइन अवार्ड समेत प्राप्त गरिसकेको छ, जसले याडियाको उत्कृष्ट डिजाइन र आधुनिक विद्युतीय प्रविधि प्रतिको प्रतिबद्धता देखाउँछ।

कार्यक्रमका अवसरमा कुजुका प्रतिनिधिले भने, ‘याडिया किनेस केवल यातायातको साधन होइन, यो शक्ति, प्रदर्शन र रोमाञ्चको अनुभव हो। हामी आशावादी छौं कि यो कार्यक्रमले नेपालमा इलेक्ट्रिक मोटरसाइकललाई हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउनेछ ।’
याडिया किनेस नेपालमा ६ लाख ६० हजार रुपैयाँको मूल्य (एमआरपी) मा उपलब्ध रहेको कम्पनीले जनाएको छ । उत्कृष्ट प्रदर्शन, नवीन प्रविधि र प्रिमियम राइडिङ अनुभव खोज्ने ग्राहकका लागि यो एक आकर्षक विकल्प बन्ने अपेक्षा गरिएको बताइएको छ ।
याडिया लगातार ९ वर्षदेखि विश्वकै नम्बर १ इलेक्ट्रिक दुई पाइये ब्रान्ड बनेको याडिया १५० भन्दा बढी देशमा सक्रिय रहनुका साथै विश्वभरका करोडौं प्रयोगकर्ताको विश्वास जितेको याडियाले नेपालको प्रिमियम ईभी बजारमा आफ्नो उपस्थिति अझ बलियो बनाउने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।
सम्बन्धित समाचार
सिप्रदी ट्रेडिङद्वारा टाटा BS6 बस च्यासिस सार्वजनिक
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


