अमेरिकामा ४३ वर्ष पुरानो कम्पनि बिक्री हुदाँ कार्यरत कर्मचारी बने रातारात करोडपति
काठमाडौं । एउटा सानो अमेरिकी शहरमा रहेको पारिवारिक स्वामित्वको कम्पनीको बिक्री हुदाँ त्यहाँ सयौं कर्मचारीहरूको जीवन परिवर्तन गरिदिएको छ ।
बिगत ४३ वर्षसम्म कम्पनी चलाए पछि परिवारले यसलाई १.७ अर्ब अमेरिकन डलरमा बेचेका थिए । यद्यपि, कम्पनी मालिकले आम्दानीको एक भाग आफ्ना कर्मचारीहरूलाई दिने निर्णय गरे। फलस्वरूप ५४० कर्मचारीहरूले कुल २४० मिलियन अमेरिकन डलर बितरण गरियो, जसले गर्दा धेरै कर्मचारीहरू रातारात करोडपति बन्न पाएका हुन ।
अमेरिकाको लुइसियानाको मिन्डेनमा रहेको फाइबर बन्डले विद्युतीय उपकरणहरूको लागि विशेष संरचना र घेराहरू उत्पादन गर्छ। वाकर परिवारले ४३ वर्षसम्म कम्पनी सञ्चालन गरेको थियो । पछि यसलाई प्रमुख विद्युत व्यवस्थापन कम्पनी ईटनलाई बेच्रे निर्णय गरयो। पूर्व सीईओ ग्राहम वाकरले सम्झौता पूरा गर्नु अघि विशेष शर्त लगाएका थिए। उनले भने कि बिक्रीबाट प्राप्त रकमको १५ प्रतिशत कर्मचारीहरूलाई दिइनेछ, यद्यपि कर्मचारीहरूको कम्पनीमा कुनै पनि शेयर भने थिएन।
कम्पनीको बिक्री सम्झौतामा समावेश गरिएको यो खण्डका कारण ५४० पूर्ण(कालीन कर्मचारीहरूमा कुल २४) मिलियन वितरण गरिएको थियो। औसतमा, प्रत्येक कर्मचारीले लगभग ४।४३ लाख अमेरिकन डलर प्राप्त गरेका थिए । जुन नेपाली मुद्रामा करोडौं रुपैयाँ हुन्छ। यो रकम जुन महिनामा कर्मचारीहरूलाई वितरण गर्न सुरु गरिएको थियो तर यद्यपि पूर्ण रकम प्राप्त गर्न कर्मचारीहरू अर्को ५ वर्षसम्म कम्पनीमा रहनु पर्छ।
तर, ६५ वर्ष र सोभन्दा माथिका कर्मचारीहरूलाई यो सर्तबाट छुट दिइएको थियो, जसले गर्दा धेरैले तुरुन्तै अवकाश लिन पाएका थिए । जब कर्मचारीहरूले बोनसको बारेमा सरप्राइज रूपमा थाहा पाए, त्यसपछि धेरै छक्क परेका थिए । कतिपयले विश्वास गर्न सकेनन् कि उनीहरूले यति ठूलो रकम पाउने छन्। धेरैले यसलाई लटरी जित्नु जस्तै वर्णन गरेका छन् ।
फाइबर बन्डको स्थापना १९८२ मा ग्राहम वाकरका बुबा क्लाउड वाकरले गरेका थिए। सुरुमा कम्पनीले रेलवे लाइनहरूमा जडान गरिएका टेलिफोन र विद्युतीय उपकरणहरूको लागि संरचनाहरू निर्माण गर्थ्यो। १९९८ मा कम्पनीको कारखानामा ठूलो आगलागी भयो, जसले गर्दा ठूलो क्षतिसमेत भएको भयो। त्यसको केही समय पछि डट कम संकटले पनि व्यवसायलाई असर गर्यो।
एक समयमा कम्पनीले लगभग ९०० जनालाई रोजगारीसमेत दिएको दियो तर अवस्था बिग्रँदै जाँदा कर्मचारीको संख्या लगभग ३२० मा झार्नु परेको थियो । त्यस बेला पनि वाकर परिवार कठिन समयमा आफ्ना कर्मचारीहरू प्रति प्रतिबद्ध रहेका थिए र चुनौतीपूर्ण परिस्थितिहरूमा पनि तलब भने दिईरहेका थिए ।
कम्पनीको लागि एउटा ठूलो परिवर्तन तब आयो, जब यसले डाटा सेन्टर पूर्वाधारमा लगभग १५० मिलियन डलर लगानी गर्यो। २०२० मा कोभिड–१९ महामारीको समयमा क्लाउड सेवाहरूको बढ्दो मागले यो निर्णयलाई सार्थक साबित गर्यो। त्यस पछि कृत्रिम बुद्धिमत्ता अर्थात एआई सक्षम डाटा सेन्टर परियोजना र एलएनजी निर्यात टर्मिनलहरूको माग बढ्न थाल्यो। यसबाट कम्पनीलाई फाइदा भयो र विगत पाँच वर्षमा यसको बिक्री लगभग ४०० प्रतिशतले बढ्यो।
बढ्दो व्यवसाय देखेर धेरै ठूला कम्पनीहरूले फाइबर बन्ड प्राप्त गर्न रुचि देखाए, जो अहिले निकै नाफामा बिक्री भयो । र, त कर्मचारीले करोडौं रकम प्राप्त गर्न सके ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


