५० वर्षको यात्रा सम्झँदै विभिन्न कार्यक्रमसहित नाडाको स्वर्ण उत्सवको शुभारम्भ
काठमाडौं । अटोमोबाइल व्यवसायीहरुको संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले स्वर्ण उत्सव विविध कार्यक्रमका साथ सुरुवात गरेको छ । यसै सन्दर्भमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा नाडाका पूर्व अध्यक्ष अन्जन श्रेष्ठको प्रमुख आतिथ्यतामा नाडाको स्वर्ण उत्सव उद्घाटन समारोह काठमाण्डौंमा भव्यतापूर्वक सम्पन्न भएको छ।
नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको सभापतित्वमा सो उद्घाटन समारोहको आयोजना गरिएको बताइएको छ । २०३२ सालमा स्वर्गिय तोलाराम दुगडले काठमाण्डौं जिल्लामा स्थापना गरेको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आफ्नो ५०औं बर्षकोे शुभ अवसरमा विभिन्न कार्यक्रमहरु सहित ऐतिहासिक स्वर्ण उत्सव समारोहको आयोजना गरेको जनाइएको छ।

नाडाले आफ्नो ऐतिहासिक स्वर्ण उत्सवलाई सभ्झनायोग्य बनाउन दशरथ रंगशाला, त्रिपुरेश्वरदेखि होटेल याक एण्ड यति दरबारमार्गसम्म विभिन्न विशिष्ट व्यक्तित्वहरु, नाडा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, नाडाका पूर्व अध्यक्षहरु, नाडाका सम्पूर्ण सदस्य कम्पनीहरु र पत्रकारहरुको सहभागितामा वाकाथन कार्यक्रम समेतको आयोजना गरेको आयोजकले बताएको छ ।
यसै स्वर्ण उत्सवको अवसरमा नाडाले आफ्ना पूर्व अध्यक्षहरुलाई विशेष सम्मान समेत गरेको छ भने यो स्वर्ण उत्सव समारोह मिति २०८३ असार १३ गते देखि १९ गतेसम्म सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रमहरु सहित राजधानी र ७ वटै प्रदेशहरुमा सम्पन्न हुने नाडाले जनाएको छ ।

नाडाका अनुसार, यो ५० बर्षको अवधिमा नाडाले २३ वटा अधिवेशनहरु सम्पन्न गरिसकेको छ भने अहिलेसम्म २१ जना अध्यक्षहरुले नाडाको सफल नेतृत्व समेत गरिसकेका छन् भने त्यसैगरी यस अवधिमा नाडाको वार्षिक प्रकाशनको रुपमा ३६औं संस्करणको नाडा अटोमोबाइल ट्रेड डाइरेक्ट्री र ५१औं संस्करणको नाडा अटो न्युज समेत प्रकाशित गरिसकेको छ। त्यस्तै अहिलेसम्म १८औं संस्करणको नाडा अटो ड्राइभ क्यालेण्डर प्रकाशित गरेको छ भने यही भाद्र महिनामा १८औं संस्करणको नाडा अटो शो समेतको आयोजना गर्ने क्रममा रहेको नाडाले जनाएको छ।
त्यसैगरी नाडा नेपाल उद्योग वाणिज्य महासंघमा आवद्ध बस्तुगत संघहरु मध्ये सो महासंघबाट उत्कृष्ट बस्तुगत एसोसिएसनको पुरस्कारबाट पटक पटक सम्मानित भइसकेको बताइएको छ। नाडा सन् २०१५ देखि आईएसओ ९००१ः२०१५ क्यूएमएस सर्टिफाइड अर्गनाइजेसनको रुपमा स्थापित रहनुका साथै त्यसैगरी नाडाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत देशव्यापी रुपमा विभिन्न सामाजिक महत्वका कार्यक्रमहरु सम्पन्न गर्दै विभिन्न राष्ट्रिय विपत्तिहरुमा समेत सहयोगी भूमिका निर्वाह गर्दै आएको जनाइएको छ।
उक्त स्वर्ण उत्सव महोत्सव कार्यक्रमको संयोजन तथा धन्यवाद ज्ञापन नाडाका उपाध्यक्ष विक्रम सिंघानियाले गरेका थिए भने सो महोत्सवको कार्यक्रम संचालन नाडाका महासचिव मिलनबाबु मल्लले गरेका थिए ।
सम्बन्धित समाचार
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
नाइमा अटो एक्स्पोमा सीएफमोटोको आर्कषण, १११ युनिट बुकिङ्
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


