फिफा विश्वकप २०२६ : अर्जेन्टिनालाई हराउँदै स्पेन विश्वविजेता
काठमाडौं । फिफा विश्वकप २०२६ को उपाधि स्पेनले जितेको छ। अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा भएको रोमाञ्चक फाइनल खेलमा साविक विजेता अर्जेन्टिनालाई १–० गोल अन्तरले पराजित गर्दै स्पेन दोस्रोपटक विश्व च्याम्पियन बनेको हो।
निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीबाट कुनै गोल हुन सकेन। स्पेनले खेलभरि अर्जेन्टिनाको पोस्टमा लगातार दबाब बनाएको थियो। स्पेनले १२ पटक ‘अन टार्गेट’ प्रहार गर्दा २० पटक गोलको प्रयास गरेको थियो भने अर्जेन्टिनाले एकपटक पनि ‘अन टार्गेट’ प्रहार गर्न सकेन। अर्जेन्टिनाका गोलरक्षक इमिलियानो मार्टिनेजले स्पेनका थुप्रै प्रहारहरूलाई विफल पारिदिँदा खेल थप रोमाञ्चक बनेको थियो।
खेल गोलरहित बराबरीमा सकिएपछि खेल ३० मिनेटको अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयको १०६ औँ मिनेटमा स्पेनका निको विलियम्सले उपलब्ध गराएको पासलाई फेरान टोरेसले गोलमा परिणत गर्दै स्पेनलाई ऐतिहासिक अग्रता दिलाए। अन्ततः यही गोल नै स्पेनको जितको लागि निर्णायक बन्यो।
खेलको दौरान अर्जेन्टिनाका मिडफिल्डर इन्जो फर्नान्डिजले दुईवटा पहेँलो कार्ड खाँदै मैदान छाड्नु परेपछि अर्जेन्टिना १० खेलाडीमा सीमित भएको थियो, जसले गर्दा अर्जेन्टिनालाई खेलमा फर्कन थप कठिन भयो।
यो जितसँगै स्पेनले १६ वर्षपछि विश्वकपको ट्रफी उचालेको छ। स्पेनले यसअघि सन् २०१० को विश्वकप फाइनलमा नेदरल्यान्ड्सलाई पराजित गर्दै पहिलोपटक उपाधि जितेको थियो। डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना भने यसपटक उपविजेतामा सीमित बनेको छ।
सम्बन्धित समाचार
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

