उपेन्द्र सँग प्रचण्डले गरे यस्तो गरे सहमति
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेशी मोर्चा सम्मिलित संघीय गठबन्धनको स्मरणपत्र बुझेपछि चार वटा आश्वास दिएका छन् ।
सोमबार विहानै प्रधानमन्त्री दाहाललाई स्मरणपत्र बुझाउन पुगेको गठबन्धनको टोलीलाई उनले चार वटा आश्वासन दिएका छन् । स्रोतका अनुसार प्रधानमन्त्री दाहालले गठबन्धनले ज्ञापनपत्र नबुझाएपनि आफू दुई चार दिनभित्रै संविधान संशोधन प्रस्ताव गर्ने तयारीमा रहेको भन्दै नआत्तिन आग्रह गरेका थिए ।
गठबन्धनका संयोजक उपेन्द्र यादवको नेतृत्वमा पुगेको टोलीको ज्ञापनपत्र बुझेपछि प्रधानमन्त्री दाहालले जवाफ दिँदै भने,‘ढुक्क हुनुहोेस्, सरकार संविधान संशोधन प्रस्ताव छिट्टै दर्ता गर्न तमतयार भएर बसेको छ, तपाईहरुले ध्यानाकार्षण गराउनु भयो, यसको लागि तपाईहरुलाई धन्यवाद ।’
उनले कार्तिकभित्रै संशोधन प्रस्ताव गर्ने आफ्नो तयारी रहेको भएपनि सत्तारुढ दल नेपाली काँग्रेसका सभापति शेरबहादुर पार्टीको भातृ संगठन नेपाल तरुण दलको चौथो महाधिवेशनको लागि पोखरामा व्यस्त भएकोले आवश्यक परामर्श हुन नसकेको भन्दै केही ढिलाई भएको स्पष्ट पारेका छन् ।
उनले संविधान संशोधनको लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि कुरा भैरहेको जानकारी मोर्चाका नेताहरुलाई गराएका थिए । उनको भनाई उद्धृत गर्दै स्रोतले भन्यो,‘ओलीजीसँग पनि अहिले गम्भिर रुपमा यसबारेमा छलफल भैरहेको छ, उहाँपनि संशोधनको लागि सकारात्मक हुनुहुन्छ ।’ उनले गठबन्धनका नेताहरुलाई संविधान संशोधन पारित हुनेगरि आफूहरु छलफलमा जुटेकोले धैर्य गर्न आग्रह समेत गरेको स्रोतको दाबी छ ।
प्रधानमन्त्री दाहालले आफूले संविधान संशोधनमार्फत संविधान सवैको लागि सर्वस्विकार्यता बनाएर निर्वाचन समयमै सम्पन्न गर्ने र संविधानको पूर्ण कार्यान्वयनमा जुट्नेगरि काम गरिरहेको भन्दै त्यसमा मोर्चाको पनि साथ र सहयोग चाहिने धारणा राखेका थिए ।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


