एक हप्ता भित्रै संविधान संशोधन प्रस्ताव दर्ता: मन्सुर
सत्तारुढ दल नेपाली काँग्रेसका नेता फरमुल्लाह मन्सुरले असन्तुष्टहरुको मागलाई सम्बोधन गर्न संविधान संशोधन गर्नुपर्ने भएकोले सबै दलहरु यसमा सहमत हुनुपर्ने बताए ।
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता मन्सुरले संविधान संशोधनको लागि प्रमुख प्रतिपक्षी दल एमालेले औचित्य मागेको उल्लेख गर्दै थपे,‘केपी ओलीजीले आँफैले यसअघि दुई वटा संशोधन गर्नुभएको थियो, त्यसैले यो संविधानमा त्रुटि छैन, कमिकमजोरी छैन भनेर औचित्इ माँग्नुको कारण के हो ?’
उनले ओलीजीले विगतमा संविधानमा कमजोरी देखेर नै संशोधन गरेकोले संविधान संशोधनको लागि अहिले औचित्य माँग्नुको कुनै तुक नभएको स्पष्ट पारे । मन्सुरले अघि थपे,‘एमालेले संशोधनको औचित्यको कुरा उठाएर हलो अड्काउने काम गर्नुहुँदैन ।’
उनले संविधानलाई सबैको अपनत्व हुने खालको बनाउनुपर्ने भएकोले पनि संविधान संशोधन अहिलेको अनिवार्य आवश्यकत्ता भएको दाबी गरे । मन्सुरले भने,‘एमाले पनि सहमतिमा आउँछ, संशोधनमा सहयोग गर्नेमा म विश्वस्त छु ।’
उनले अबको पाँच सात दिनभित्रै संविधान संशोधन प्रस्ताव संसदमा पेश हुने ठोकुवा गरे ।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


