Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

अपाङ्ग पुर्नसथापना केन्द्र नवलपरासि आझेलमा पर्दै

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, मंसिर, ७

रबिन्द्र यादव/ मंसिर ७ नवलपरासी ।

नेपाल सरकारले अपाङ्गता भएका व्यत्तिहरूलाइ साथ दिनको लागि हातमा डोराएर अगाडि बढाउनको लागि विभिन्न ठाउहरुमा अपाङ्ग पुर्नसथापना केन्द्र खोलेर सहयोग गर्दै आएको छ । यस्ता संस्थाले अपाङ्गता भएका व्यत्तिहरुलाई सपाङता भएका ब्यत्ति स्वरुप गराउनका लागि विभिन्न तालिमहरुदिर्दै आइरहेको छ । यस्तै गरि कावासोतिमा रहेको अपाङ्ग पुर्नस्थापना केन्द्र २०५८ सालमा स्थापना भएको हो । यस संस्थाले अपाङ्गता का लागि सम्पुर्ण सहयोग गर्दै आए पनि पछिल्लो समयमा भने प्रचारप्रसारको कमिले गर्दा आझेलमा परेको छ । यस संस्था नेपाल सरकार तथा बिभिन्न संघ संस्थाको डोनरमा चल्दै आयको थियो । स्थापना काल देखि नै यस संस्थालाई सरकारले विभिन्न कार्यक्रम गरेता पनि पछिल्लो समयमा भने गाविस र नगरपालिकाले अपाङ्गतालाई सहयो गरेकाले नेपाल सरकारले कुनै कार्यक्रमहरु नल्याएको गुनासो गरेका छनयसै बिचमा अपङ्गता भयका व्यक्तिको क्षेत्रमा सेवा सुविधा नलिई निश्पक्ष रुपमा काम गर्ने जनशक्तिको अभाब र नेपाल सरकारले अपङ्गहरुका लागि कुनै कार्यक्रम आफुहरुलाई नदियका कारण संस्था सुक्दै गयको संस्थाका स्वयमसेवक सागरमणि ढुङगानाले बताउनुभयो।यो संस्थाले २०६२ साल देखि २०६४ सालमा एच आई नेपाल, हरियो खर्क अस्पताल पोखरा र सि बि आर एस पोखरा संगको सहयोगमा ५०० अपाङ्ग व्यक्तिलाई ५० हजार बराबरको सहयोग खर्च जुटायको थियो । अहिले भने यस संस्थामा कुनै सहयोग आउन नसक्दा यो संस्थाले सहथोग गर्न समस्गा भएको जनाइएको छ । डोनरबाट बाट चलेको यो संस्थामा कसैको ध्यान पुग्न नसक्दा संस्था नै सुक्ने अबस्थामा पुगेको हो। यसरि अपाङ्ग व्यक्तिको क्षेत्रमा राम्रो काम गर्दै आयको यो पुर्नस्थापना केन्द्रलाई सहयोग गर्न ढुङ्गानाले अनुरोध समेत गर्नुभयो ।

naima expoTop Changing Nepal

युट्युब सट्स