सिटिजन लाइफको ‘सिटिजन लिडर्स नाइट २०२६’ सम्पन्न, ‘भर्सन नेक्स्ट’ प्रणाली शुभारम्भ
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले उत्कृष्ट सिटिजन लिडर तथा शाखाहरूलाई सम्मान गर्ने उद्देश्यले आयोजना गरेको ‘सिटिजन लिडर्स नाइट २०२६’ कार्यक्रम शनिबार काठमाडौंको ग्वार्कोस्थित रोयल टुलिप होटलमा सम्पन्न गरेको छ। एक हजारभन्दा बढी सहभागी रहेको कार्यक्रममा कम्पनीले आफ्नो नयाँ डिजिटल आई–सोलुसन प्रणाली ‘भर्सन नेक्स्ट’ को समेत शुभारम्भ गरेको जनाएको छ। कम्पनीका अध्यक्ष प्रदीपजंग पाण्डेलगायत सञ्चालक समिति र व्यवस्थापन टोलीले संयुक्त रूपमा प्रणाली सार्वजनिक गर्दै यसले सेवा प्रवाहलाई अझ प्रभावकारी, सुरक्षित र ग्राहकमैत्री बनाउने विश्वास व्यक्त गरेका छन् ।

कार्यक्रममा अध्यक्ष प्रदीपजंग पाण्डे, सञ्चालक महेश स्वर, प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल तथा प्रमुख बजार अधिकृत भूषण रिमालले कम्पनीको भावी रणनीति, नेतृत्व विकास र बीमा व्यवसायको विस्तारबारे धारणा राखेका थिए। कार्यक्रमको आकर्षणका रूपमा ह्युमानोइड रोबोट र रोबोटिक डगको प्रस्तुति, हास्य कलाकार सुन्दर खनालको प्रस्तुति तथा कम्पनीका ब्रान्ड एम्बेसडर हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको विशेष सहभागिता रहेको थियो, जसले सहभागीहरूलाई मनोरञ्जनसँगै प्रविधिप्रतिको नयाँ अनुभव प्रदान गरेको कम्पनीले जनाएको छ।

कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने ७८० जना सिटिजन लिडर, एजेन्सी म्यानेजर, अभिकर्ता तथा शाखाहरूलाई सम्मान गरिएको थियो। बुटवल शाखा प्रथम बीमा शुल्क संकलनतर्फ उत्कृष्ट शाखा घोषित भएको छ भने भेषराज भट्टराई उत्कृष्ट स्टार एजेन्सी म्यानेजर, नितेश श्रेष्ठ उत्कृष्ट सिटिजन लिडर, गीता पौडेल सर्वाधिक बीमालेख जारी गर्ने अभिकर्ता तथा दिलबहादुर धामी सर्वाधिक अभिकर्ता भर्ती गर्ने व्यक्तिका रूपमा सम्मानित भएका छन्। कम्पनीले यस्ता कार्यक्रममार्फत उत्कृष्ट कार्यसम्पादनलाई प्रोत्साहन दिँदै बीमा सेवाको पहुँच विस्तार र संस्थागत उत्कृष्टतालाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको बताएको छ।
सम्बन्धित समाचार
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


