सिमाकंन बारे नवलपरासीका सांसदको नयाँ धारणा
रबिन्द्र यादव/ नवलपरासी
सरकारले दर्ता गराएको संबिधान संसोधनमा उल्लेखित सिमांकन प्रति नवलपरासीका सांसदहरुले फरक धारणा ब्यक्त गरेका छन् । सांसदद्धय बिक्रम खनाल र देवकरण प्रसाद कलवारलेहाल प्रदेश नं ४र ५ मा राखीएको नवलपरासीलाई जिल्लालाई बिद्यामान अवस्था परिस्थिती र जिल्लाबासीको माग लाई ध्यान मा राखी सिमांकनको ब्यवस्थापन गर्न माग गरेका हुन् ।नेपाली काग्रेसका नेताद्धय खनाल र कलवारले आफ्ना पार्टी सभापति शेर वहादुुर देउवा समक्ष आज आफ्ना धारणा लिखित रुपमा ब्यक्त गरेका छन् । हाल संसद सचिवालयमा सरकारको तर्फबाट संबिधान संसोधन दर्ता भएको अवस्थामा नवलपरासी जिल्लाको सन्र्दभमा आफ्ना नयां धारणा ब्यक्त गरेका हुन् ।जस अनुसार पहाडी , तराई र भित्री मधेश गरी सुन्दरभुमी भएको नवलरासीमा प्रकृतिक स्रोत सम्पदा हिसाबमा दुई अलग अलग प्रदेशमा राख्ने नहुने लिखित सुझाब नेता खनाल र कलवारले पार्टी सभापति देउवा समक्ष पठाएका छन् ।यसैगरी कुनै पनि हिसाब दुई प्रदेशमा राख्ने परे दाउन्ने चुचुरोलाई आधार मानी सिमांकलन गर्न आग््रह गरीएको छ यसो भए आफुहरु जनताको साथ लिएर आन्दोलनमा उत्रिन बाध्य हुने नेता खनाल र कलावारद्धारा पार्टी सभापति देउवालाई पठाईएको पत्रमा जनाईएको छ ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


