अन्तर्राष्ट्रिय आप्रवासी दिवस, जोखीममा नेपाली
काठमाडौं ३ पुस । आज आप्रवासी दिवस, नेपाल लगायत विश्वभर विभिन्न कार्यक्रम गरी मनाइदैँ छ । नेपालमा सरकारी तथा गैरसकारी क्षेत्रबाट आज विभिन्न कार्यक्रम गरिंदैछ । श्रम तथा रोजगार मन्त्रालयको संयोजकत्वमा दिवस सप्ताह व्यापीरुपमा मनाइने भएको हो ।
सन् १९९० मा विश्व आप्रवासी कामदार र उनीहरुका परिवारको हक अधिकार सम्बन्धि संयुक्त राष्ट्रसंघीय महासन्धी पारित भएको दिनको सम्झनामा सन् २००० देखि हरेक वर्ष डिसेम्बर १८ मा यो दिवस मनाउने गरिएको छ ।
रोजगारी र जीविकोपार्जनका लागि अर्को देशमा गइ बस्ने प्रकृयालाई आप्रवासन भनिन्छ । आप्रवासी कामदारहरुमा चेतना जगाउने, आप्रवासी कामदारहरुलाई सम्बन्धित देशका घरेलु कामदारलाई जस्तै मान्यता र सुरक्षा प्रदान गर्नुपर्ने सन्देश सहित विश्वभर यो दिवस मनाउने गरिन्छ । अहिले विश्वका १ सय ८ देशमा नेपालीहरु पुगेको विभिन्न तथ्यांकहरुले देखाएको छ ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

