महा शिव रात्री को अबसर मा आउने भक्तजनलाई एक घन्टाभित्रै दर्शन गराउने
जानकारी केन्द्र
२०७३, फाल्गुन, १२
अनुपा प्यकुरेल,काठमाडौं
पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रीमा दर्शन र पूजाआजाका लागि आउने भक्तजनलाई एक घन्टाभित्रै दर्शन गराउने भएको छ। विगतमा भीडभाड गर्ने सबै समस्यालाई हटाएको दाबी गर्दै कोषले यसपटक एक घन्टामै पशुपतिनाथ मन्दिरमा पुर्याउने भएको हो।कोषले १००१ को मूलसमारोह समिति कटौती गरेको भने एक हजार रुपैयाँ तिरेर पाउने विशेष पाससमेत खारेज गरेको छ। एक हजारजनाको समितिले आफन्त र चिनेजानेकालाई पास वितरण गरेको र विशेष पासलाई ल्याउने लैजाने गर्नु परेकाले भीड हुने भन्दै खारेज गरेको हो।
यसका साथै कोषले मन्दिर परिसर र कोर एरियामा सुरक्षाकर्मीमात्र खटाउने भएको छ।मन्दिर प्रवेशका लागि कोषले चारवटा ठाउँबाट लाइनमा बस्ने व्यवस्था मिलाएको छ। बत्तीसपुतली/गौशालाबाट सुरु हुने लाइन पिंगलास्थानहुँदै धर्मशालालाई वाया पारेर चारशिवालय, पञ्चदेवल भएर दक्षिण ढोकाबाट मन्दिर प्रवेश गर्ने, एयरपोर्ट तर्फबाट तिलगंगा राममन्दिरहुँदै बागमती पारी आर्यघाट भएर पूर्वी ढोकाबाट मन्दिर प्रवेश गर्ने, मित्रपार्क÷गौरीघाटबाट सुरु हुने लाइन उमाकुण्ड, दक्षिणामूर्ति, रुद्रगाडेश्वर, बासुकीहुँदै उत्तरढोकाबाट मन्दिर प्रवेश गर्ने र जयबागेश्वरीबाट सुरु हुने लाइन भुवनेश्वरीहुँदै पश्चिमतर्फको ढोकाबाट मन्दिर प्रवेश गर्ने गरी व्यवस्था मिलाइएको हो।कोषका सदस्यसचिव डा. गोविन्द टण्डनले महाशिवरात्रीका दिन शुक्रबार करिब १३ लाख भक्तजन पाशुपत क्षेत्रमा आउने र त्यसमध्ये करिब ६ लाखले मन्दिरमा दर्शन र पूजाआजा गर्ने बताए।
उनले भने, ‘यसपटक विगतजस्तो ढिलो दर्शन गर्नु नपरोस् भनेर १००१ जनाको मूलसमारोह समिति र १००० रुपैयाँको विशेष पाससमेत खारेज गरेका छौं। प्रत्येक वर्ष उक्त दिन दुईको संख्यामा हुने ५०१ रुपैयाँको विशेष पूजा पनि स्थगित गरेका छौं। कोषले १००१ को मूलसमारोह समिति कटौती गरेको भने एक हजार रुपैयाँ तिरेर पाउने विशेष पाससमेत खारेज गरेको छ। एक हजारजनाको समितिले आफन्त र चिनेजानेकालाई पास वितरण गरेको र विशेष पासलाई ल्याउने लैजाने गर्नु परेकाले भीड हुने भन्दै खारेज गरेको हो। यसका साथै कोषले मन्दिर परिसर र कोर एरियामा सुरक्षाकर्मीमात्र खटाउने भएको छ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


