कक्षा ११ र १२ को परिक्षा सर्यो
जानकारी केन्द्र
२०७३, फाल्गुन, १४
काठमाडौं, फागुन १४ । कक्षा ११ र १२ को परिक्षा सरेको छ । स्थानीय तहको चुनाव बैशाख ३१ मा हुने तय भएपछि कक्षा ११ र १२ को बार्षिक परीक्षा सरेको हो । निर्वाचन आयोगले बैशाख २५ देखि ३१ गतेसम्म सबै विद्यालय बन्द गर्न सरकारलाई निर्देशन दिएसंगै परिक्षा सार्ने राष्ट्रिय परिक्षा बोर्डको आन्तरिक निर्णय भएको हो ।
राष्ट्रिय परिक्षा बोर्ड का कार्यकारी प्रमुख डिल्ली रिमालको भनाइ अनुसार कक्षा ११ को परीक्षा बैशाख २४ देखि जेठ ३ गतेसम्म हुने भनिएकोमा, यो बीचमा स्कुल, क्याम्पस बन्द गर्ने सरकारको निर्देशन भएकाले परिक्षा संचालन गर्न सकिँदैन । निर्वाचन आयोगसंग परामर्श गरेर कक्षा १२ र ११ को नयाँ परिक्षा तालिका सार्वजनिक गर्ने तयारीमा छौं ।’
यता परिक्षा निर्वाचन अर्थात बैसाख ३१ गते हुने र त्यसपछी पनि केहि दिन निर्वाचनको माहोलले देश तातिने हुनाले जेठ दोश्रो सातामा परिक्षा हुने बताइएको छ । कक्षा १२ को निर्वाचन अघि र ११ को जेठमा परिक्षा संचालन गर्ने भन्ने आन्तरिक छलफल चलिरहेको भएपनि दुवै कक्षाको परिक्षा जेठमा हुने निष्कर्ष प्रायस्मा पुगिसकेको बोर्ड सम्बद्ध अधिकारीहरुले बताएका छन् ।
अर्थ सरोकार बाट
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


