Jankari Kendra
१ भाद्र २०८३, सोमबार
Worldlink

मेड नेपालले ल्याएको जिवन स्तरमा परिवर्तन उखु बाली छाडेर केरा खेतमा अग्रसर किसानहरु

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, चैत्र, १३
मेड नेपालले ल्याएको जिवन स्तरमा परिवर्तन  उखु बाली छाडेर केरा खेतमा अग्रसर किसानहरु

रबिन्द्र यादव/ नवलपरासी ।

नवलपरासीमा उखु खेती गर्दै आएका किसानहरु पछिल्लो समय बैकल्पीक खेतीको रुपमा केरा खेती तर्फ आकर्षीत बनेका छन् । उखु खेतीबाट हैरान परेका किसानहरु पछिल्लो पटक व्यवसायीक रुपमा केरा तथा तरकारी खेती तर्फ आकर्षीत बनेका हुन् । खेतमा तयार भएको उखुबाली चिनी उद्योगमा लगेर दिदा पनि बर्षोसम्म भुक्तानी पाउन नसक्ने , समयमा रकम भुक्तानी पाउन नसक्ने जस्ता समस्याबाट ग्रार्षीत किसानहरु उखुको वैकल्पीक रुपमा अन्य कृर्षी खेती तर्फ आकर्षीत बनेका छन् । बर्षोदेखी उखु खेतीबाट वाक्क दिक्क बनेका किसानहरु पछिल्लो समय केरा खेती गरी केरा खेतीबाट मनग्य आम्दानी लिन थालेपछि किसानहर सन्तुष्ट बनेको केरा उत्पादक संघ नवलपरासीका सचिब लख्खु यादवको भनाई छ ।

आजभन्दा ३ बर्ष अघि मेड नेपाल चितवनले नवलपरासीको उखु खेती गर्ने पकेट क्षेत्र मानिने जिल्लाको ग्रामीण क्षेत्रमा उखुको विकल्पमा केरा खेतीगर्न सकिन्छ भने कार्यक्रम लागू गरेको थियो । सो कार्यक्रम लागू भएपश्चात यतिबेला नवलपरासीको ग्रामीण क्षेत्र जुन उखु खेती गरिन्थ्यो पछिल्लो समय उखु वालीको सट्टा किसानहरु केरा खेती गर्न अग्रसर देखाएका छन् । जलवायू परिवर्तनको जोखिम न्युनीकरणगरी कर्षी माध्यमद्धारा जिवन स्तरमा सुधार ल्याउने उदेश्यले मेड नेपाल ल्याएको कृर्षी प्रबर्दन कार्यक्रम सच्चीकै यस क्षेत्रका किसानहरलाई फलदायी बनेको छ । संस्थाले किसानहरुलाई निशुल्क रुपमा आवश्यक केरा बिभिन्न तरकारी खेतीका बिउ बिजन प्राबिधीक र कृर्षी सम्बन्धी बिभिन्न प्रविधी सहयोग गर्दै आएको संस्थाका फिल्ड कार्यालय नवलपरासीका प्रमुख हरी तिवारीको भनाई छ । यसरी किसानहरु पछिल्लो समयमा उखु खेतीलाई बिस्थापीत गरी केरा खेतीलाई आफ्नो मुख्य बाली बनाउन थालेपछि नवलपरासीको ग्रामीण क्षेत्रमा कृर्षी संकलन केन्द्रको समेत स्थापना गरिएको छ । जिल्ला कृर्षी विकास कार्यालयको करिब पाÒच लाख र मेड नेपालको करिब चार लाख गरी कुल नौ लाखको लागतमा कुडिया बजारमा नारायणी तरकारी फलफुल संकलन केन्द्रको निमार्ण गरिएको हो ।

सो संकलन केन्द्रको स्थापना बाट अब क्षेत्र मा उत्पादन भएको कृर्षी जन्य बस्तुलाई वाहीर बजारहरुमा पु¥याउन निकै सजिलो भएको छ । जसका कारण ग्रामीण क्षेत्रका किसानहरु थप उत्साही भएको स्थानिय किसान पद्मा बस्यालको भनाई छ । नवलपरासीको ग्रामीण क्षेत्रमा पर्ने जुन उखु खेतीकालागी पकेट क्षेत्र मानिने गरिन्थ्यो । अहिले बिशेष गरी अहिले प्रतापपुर , कुडिया , त्रिबेणी सुस्ता , नर्सही र पक्लीहवा क्षेत्र यतिबेला केराका लागी पकेट क्षेत्र बन्न सफल भएको छ । यस क्षेत्रबाट बार्षीक रुपमा करिब चार करोड बराबरको केरा नेपाली बजारहरुमा निर्यात हुने गर्दछ । भने करिब पांच करोड बराबरको तरकारी नेपाली बजारहरुमा निर्यात हुने गरेको अनुमान छ । यसरी उखुखेती छाडी बैकल्पीक रुपमा केरा तथा तरकारी खेती तर्फ आकर्षीत भएका किसानहरुलाई पनि सरकारी क्षेत्रबाट पनि सहयोग गर्दै आएको जिल्ला कृर्षी विकास कार्यालय नवलपरासीले जनाएको छ । किसानहरुलाई उन्नतजातका बिउबिजन , प्राविधीक र कृर्षी मेसीन औजार तथा यान्त्रिक प्रविधीयुक्त कृर्षी उपकरणहरु उपलब्ध गराउदै आएको जिल्ला कृर्षी बिकास कार्यालयका बरिष्ठ कृर्षी बिकास अधिकृत तेजनारायण गैरेको भनाई छ । केरा खेतीकालागी नवलपरासी उर्भर भुमी मानिन्छ । बिशेष गरी जिल्लाको कावासोती , शिबमन्दिर ,चोरमारा, प्रसौनी , पक्लीहवा , बौदौली , कुडिया ,लगाएतका क्षेत्रका ब्यवसायीक केरा खेती हुदै आएको छ । rabindra 2 rabindra 3नवलपरासीमा कुल ७ सय १५ हेक्टर क्षेत्रफलमा केरा खेती गर्ने गरिन्छ । जिल्लामा बार्षिक ८ हजार ८ सय २० मेट्रिक टन केरा उत्पादन हुदै आएको जिल्ला कृर्षी बिकास कार्यालयले जनाएको छ ।

Top Changing Nepal

युट्युब सट्स