अालु खेति बाट मनग्य अाम्दानी
जानकारी केन्द्र
२०७४, बैशाख, ६
विष्णु जोशि, व्युरो खवर,
बझाङको दहबगर गिरौँमा आलु खेतीबाट राम्रो आम्दानी हुन थालेपछि स्थानीय युवाहरु आकर्षित हुन थालेका छन् । केही बर्ष अघि सप्रोस नेपालले गाउँघरमा किसानहरुको साना–साना समुह बनाई घुम्तीकोष सञ्चालन गरी आलु खेतीको सुरुवात गरेको थियो ।
अरुले आलु खेती गरेको देखेर आम्दानीको राम्रो सम्भावना भएका कारण आलु खेतीमा लागेको स्थानीय युवाहरुको भनाइ छ । अहिले युवाहरु मिलेर गिरौँको १५ रोपनी जमिनमा आलु खेती गर्दै आएका छन् ।
आलु खेतीबाट नै बार्षिक डेढदेखि दुई लाखसम्म आम्दानी हुन थालेपछि विदेश जाने सोच त्यागेर आलु खेती तर्फ प्रेरित भएको स्थानीय युवा हरुले बताएका छन् । अहिले आलु खेतमै २५ रुपैयाँ प्रति किलोमा बिक्री हुने गरेको छ ।
कालंगा हाईड्रो पावर बन्ने भए पछि कामदारहरुको संख्या बढे संगै गाउँमै आलुको माग पनि बढेको अर्का युवा किसान अमर धामीले बताएका छन् । विषेश गरि वझागं को दह वगर आलु पाईने पर्खयात ठाउ हो ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


