नगरपालिका र गाउँपालिकाका पदाधिकारीको तलब तोकियो, कसको कति?
जानकारी केन्द्र
२०७४, बैशाख, २३
काठमाडौं : स्थानीय तहका प्रमुख, उपप्रमुख र वडाध्यक्षले मासिक तलब पाउने भएका छन्। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तयार गरेको स्थानीय तहका पदाधिकारीको सेवा सविधासम्बन्धी ऐनको मस्यौदामा मासिक तलबको व्यवस्था गरिएको छ। ऐनको मस्यौदा संसदबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ।
तर अहिले स्थानीय विकास मन्त्री नभएका कारण ऐनको मस्यौदा संसद पुग्न सकेको छैन। मन्त्रालयका सचिव दिनेश थपलियाका अनुसार दैनिक रुपमा कार्यालय आएर सेवा प्रदान गर्नुपर्ने पदाधिकारीलाई न्युनतम सेवा सुविधा दिने व्यवस्था गर्न लागिएको हो। यसरी तलब सुविधा पाउनेमा भने महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिका प्रमुख, उपप्रमुख र वडा अध्यक्षहरु पर्नेछन्। नयाँ पत्रिका दैनिकमा खबर छ।
कसको कति तलब?
महानगरपालिका प्रमुख : ६० हजार
उपप्रमुख : ५० हजार
वडाअध्यक्ष : ३० हजार
उपमहानगरपालिका प्रमुख : ४५ हजार
उपप्रमुख : ४० हजार
वडाअध्यक्ष : २५ हजार
नगरपालिका प्रमुख : ३० हजार
उपप्रमुख : २५ हजार
वडाअध्यक्ष : २० हजार
गाउँपालिका प्रमुख : २५ हजार
उपप्रमुख : २० हजार
वडाअध्यक्ष : १५ हजार
बैठक भत्ता १ हजार स्थानीय तहमा निर्वाचित वडा सदस्यहरुका लागि एक हजार रुपैयाँ बैठक भत्ता तोकिएको छ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


