Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

सुरज लाई साउदीको कम्पनीले कागजात खोसेर कामबाट निकाल्यो

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७४, बैशाख, २५
सुरज लाई साउदीको कम्पनीले कागजात खोसेर कामबाट निकाल्यो

साउदी स्थित कम्पनीबाट सप्तरीको कुसाहका सुरज रामलाई कागजात खोसेर निकालिएको छ । बिरामी भएर काममा जान नसकेका सुरजलाई साउदीको प्रोजेक्ट लिंक कम्पनीले कागजात खोसेर कामबाट निकालेको हो । कम्पनीले बिना जानकारी एक हप्ता सम्म काममा नआएको भन्दै कामबाट निकालेको हो भने सुरजले बिरामी भएकाले जान नसकेको बताउनुभयो ।

सुरज तीन महिना पहिले ८० हजार रुपैयाँ तिरेर हेल्परको काममा साउदी जानुभएको हो तर उहाँलाई जाने बेला म्यानपावर कम्पनीले सञ्चार कम्पनी हो, इन्जिनियरसँग डुल्नुपर्छ भनेको थियो । त्यहाँ पुगेपछि सुरजले बेल्चा चलाउनु पर्‍यो । १ हजार रियाल तलव भनेर गएका सुरजले तलव भने एक महिनाको १ हजार रियाल नै बुझ्नु भयो । सुरजले काम गाह्रो भएकाले आफू विरामी भएको र कम्पनीका कर्मचारीलाई जानकारी गराएको बताउनु भयो । मेडिकल डाक्टरले नियमित औषधी खान र रेष्ट गर्न भने पछि सुरज क्याम्पमै बस्नु भएको थियो ।

कम्पनीले ५ दिन पहिले निकाले पछि आफूले खान नपाएको र अहिले अर्कै कम्पनीको क्याम्पमा नेपाली साथीहरुसँग बसिरहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘दिनभरि बाहिर बस्छु रात परे पछि साथीको कोठामा जान्छु ।’ कम्पनीलाई घर फर्काइदे भन्दा २० हजार रियाल मागेको सुरजले बताउनु भयो । अकामा कार्ड बनाउन र सुरजलाई साउदी लाँदा २० हजार रियाल खर्च भएको भन्दै कम्पनीले त्यो पैसा नदिए सम्म घर पनि नपठाउने, काम पनि नलगाउने र कागजात पनि नदिने बताएको सुरजले दुखेसो पोख्नु भयो ।

naima expoTop Changing Nepal

युट्युब सट्स