Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

श्रीमतीले पैसा नपठाए पछि नवराजले अर्की भित्राए

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७४, बैशाख, २७
श्रीमतीले पैसा नपठाए पछि नवराजले अर्की भित्राए

मिठो, मसिनो मात्र खाएर यी पत्नीहरुको मन कहाँ मान्छ र ?

उनीहरुलाई त्यसका साथै राम्रो सारी, गहना र श्रृगाँरका सामान पनि चाहिन्छ । त्यसका लागि पतिले आफ्नो खल्तिलाई नै शहीद बनाएको धेरै उदाहरण भेट्न सकिन्छ । त्यो पनि एक ठाउँमा हो र नूनको पसल देखि सूनको पसल सम्म पति महोदयको बैंक ब्यालेन्स तथा पर्सले असमय मै काल कवलित हुनुपर्दछ ।

पत्नीको इच्छा पूरा गर्न कति पतिले याचक झैं अरुसंग उधारो पनि माग्ने गर्दछन् तर विदेशमा पैसा कमाउन गएका महिलाहरूको पिडा भने फरक छ । उनीहरूले दुख गरेर कमाएको पैसा अर्काले उडाएको समेत भेटिन थालिएको छ । त्यस्तै समस्यामा परेकी छिन् मलेसियामा वैदेशिक रोजगारीको क्रममा पुगेकी नेपालकी चेली रिता ( नाम परिवर्तन ) को अवस्था ।

करिब सात वर्ष अघि रिता ( नाम परिवर्तन ) ले राजघट्टा डूमरूवाना बारा जिल्लाका तुमबलाल दाहालका छोरा नवराज दाहाल सँग विवाह गरेकी थिइन । विवाह पश्चात पारिवारिक समस्या टार्न मलेसिया कमाउन गइन । पति नेपालमा पढने भएकाले घरको पूरै जिम्मेबारी रिताले विदेशमा गएर दुख गरि परिवारको समस्या टारिन तर अहिले आएर उनका पतिले अर्की महिला भित्राएका छन् जसको जानकारी उनकी साथीले कुराकानीको क्रममा हामीलार्इ नाम नबताउने सर्तमा बतार्इन । उनले गुनासो गरिन अब उनकी साथीले न्यायका निम्ती कता उजूरी गर्ने, हाल उनी वैदेशिक रोजगारीकै क्रममा छिन अब उनी नेपाल फर्के पछि कता जाने ।naba

naima expoTop Changing Nepal

युट्युब सट्स