Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

रामग्राम महिला जेसिज द्धारा रक्तदान कार्यक्रम

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७४, जेष्ठ, १६
रामग्राम महिला जेसिज द्धारा रक्तदान कार्यक्रम

रामग्राम महिला जेसिजले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । आज परासीको पृथ्वीचन्द्र अस्पतालमा एक कार्यक्रम गरी रक्तदान गरेको थियो । रक्तदान जिवनदान भन्ने मुल नाराका साथ गरीएको रक्तदान कार्यक्रममा ११ जनाले रक्तदान गरेका थिए । नवलपरासीमा रहेको रेडक्रस लाई रक्तहरुको कमि नहोस भन्ने मुल उद्देश्यका साथ यो कार्यक्रम गरीएको थियो ।

त्यस्तै रामग्र जेसिज वर्ष २०१७ की अध्यक्ष रिङ्गला यादवले जेसिजको १५ गते देखि २१ गते सम्मको ७ दिने कार्यक्रम सार्वजनिक गर्नु भएको छ । १५ गते पहिलो दिन रक्तदान थियो भन्ने १६,१७,१८,१९,२०,२१ क्रमसः पृथ्वी चन्द्र अस्पतालमा वीरामी लाई फलफुल वितरण, ट्राफिक जनचेतना, स्तुप चिनाउने तथा बाटो चिन्ह होडिङ्गवोर्ड बालगोविन्द पेट्रोलपम्पमा, जेसिसको स्वागत बोर्ड स्वाठि सिमेन्ट करखाना नजिक, वृद्धाश्रममा पंख्खा वितरण र बुद्ध ज्योति अमवाको विद्यालयम अन्तरक्रिया कार्यक्रम गरी सम्पन्न गर्ने जेसिस अध्यक्ष यादवले बताईन ।

रामग्राम महिला जेसिज वर्ष २०१७ की अध्यक्ष रिङ्गला यादवको अध्यक्ष्तामा भएको कार्यक्रममा प्रमुख आथिति पृथ्वीचन्द्र अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सन्तोष श्रीरवास्तव,मुल संयोजक माया अग्रहरी, जेसिज पुरुषोतम ढकाल, उपभोक्ताहकहित संरक्षण मंचका अध्यक्ष रामजि ज्ञवाली, लगायतले मन्तव्य दिनु भएको थियो भने प्रमुख अथितिलाई मायाको चिनो प्रदान गरीएको थियो ।jankari kendra

naima expoTop Changing Nepal

युट्युब सट्स