करेन्ट लागेर म्यादि प्रहरीको मृत्यु
जानकारी केन्द्र
२०७४, जेष्ठ, २०
विष्णु जोशी/कैलालि जेठ१९
कैलालि गाउँपालिका–६, सुर्मिनालाका ३१ वर्षीय म्यादी प्रहरी अशोक चौधरीको बिहीबार राति बडैपुरबाट मोटरसाइकलमा उदासीपुरतर्फ जाँदै गरेको अवस्थामा बढैपुर जंगलमा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलाली ले जनाएको छ मोटरसाईकलमा सवार गौरीगंगा नगरपालिका–१० की१८ वर्षीया कविता चौधरी घाइते भएकी छिन् । इलाका प्रहरी कार्यालय हसुलियामा म्यादी प्रहरीका रूपमा कार्य गर्दै आएका मृतक अशोकसहित बिहीबार राति कैलालि गाउँपालिका–९, गदरियाका गुड्डु राना, गौरीगंगा नगरपालिका–१० का ममता चौधरी र कविता चौधरी संगसंगै मसुरिया बजार गएको र फर्कने क्रममा जंगलको बाटोमा चोरि शिकारि गर्ने हरुले थापेको करेन्ट लागेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । प्रहरी नायव उपरीक्षक बुढाले अनुसन्धानका लागि तीनै जनालाई नियन्त्रणमा लिएको छ ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

