एनसेलले १३ अर्ब ६० करोड लाभकर तिर्यो
जानकारी केन्द्र
२०७४, जेष्ठ, २१
काठमाडौं, २१ जेठ । एनसेलले आज सरकारलाई १३ अर्ब ६० करोड कर भुक्तानी गरेको छ। ठूला करदाता कार्यालयमार्फत कम्पनीले उक्त कर रकम दाखिला गरेको छ। ठुला करदाता कार्यालय स्रोतका अनुसार एनसेलले आइतबार कर दाखिला गरेको हो।
टेलियासोनेराबाट अजियाटा कम्पनीले किन्दा लाग्ने २५ प्रतिशत लाभकरमा १५ प्रतिशत दायित्व नेपालमा भएको कम्पनी एनसेल अर्थात अजियाताको रहने र बाँकी १० प्रतिशत दायित्व बिक्रेता अर्थात टेलियाको रहने हालको एनसेलको दाबी रहँदै आएको छ।
त्यही अनुसार यसअघि ९ अर्ब ९६ करोड रुपैयाँ बुझाइसकेको थियो भने आज एनसेलले १३ अर्ब ६० करोड रुपैयाँ बुझाएको छ। यसहिसाबले एनसेल(अजियाटा)ले २३ अर्ब ५६ करोड रुपैयाँ लाभकर बापत भुध्mानी गरिसकेको छ।
यो लाभकरको १५ प्रतिशत हुने आउने र अजियाटाको कर दायित्व यो भुक्तानीबाट पुरा भएको एनसेल स्रोतले जानकारी दियो। यो भन्दा बाँकीको दायित्व बिक्रेताको हुने भन्दै अब सरकारले बिक्रेता टेलियाबाट उठाउनुपर्ने एनसेलको धारणा रहेको छ। तर ठुला करदाता कार्यालय स्रोतका अनुसार हाल पनि कर निर्धारणको क्रममै रहेकोले कसले कति? किन र कसरी तिर्ने भनेर निर्धारण हुनै बाँकी रहेकोले यो अग्रिम कर कट्टीको रुपमा जाने छ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


