चन्द्रपुर नगरपालिकामा उमेद्वारी अझै टुङ्गो लागेन
जानकारी केन्द्र
२०७४, जेष्ठ, ३१
रोशन पोख्रेल, चन्द्रनिगाहपुर ।
नेपाली कांग्रेस र नेकपा एमालेले चन्द्रपुर नगरपालिकाको मेयरको उमेद्वार छान्न सकेको छैन् । माओवादी केन्द्र र राप्रपा नेपालले उमेदवार चयन गरेर प्रचार प्रसारका लागि सकेको भएपनि नेपाली कांग्रेस र नेकपा एमालेबाट चन्द्रपुर नगरको मेयरमा कस्लाई उठाउने भन्ने बिषयमा आन्तरिक बिवाद भएका कारण उमेदवार छनौटमा सकस परेको सम्बन्धीत पार्टीले जनाएका छन् ।
चन्द्रपुर नगरको मेयरमा नेपाली कांग्रेसमा धनलाल ठोकर र रामचन्द्र चौधरी बीचमा एक जनामा सहमती हुन नसकेका कारण उमेदवार चयन हुन नसकेको नेपाली कांग्रेसका जिल्ला सभापती कृष्ण प्रसाद यादवले बताए । चन्द्रपुरनगर समितिबाट धनलाल ठोकरको एकल नाम जिल्ला समितीमा पठाईएको छ । यता नेकपा एमालेमा समेत बाबुराम दाहाल र उद्धव रेग्मी बीचमा सहमती नहुँदा मेयरको उमेदवारको टुंगो लाग्न सकेको छैन् ।
नेकपा एमाले जिल्ला कमिटिले समेत बाबुराम दाहालको एकल नाम प्रदेश कमिटिमा पठाएको थियो । दुबै पार्टीले बुधबार सम्म मेयरको उमेदवारको टुंगो लगाउने बताएका छन् । चन्द्रपुर नगरपालिकामा माओवादी केन्द्रले भने उपमेयरको उमेदवार टुंगो लगाउन सकेको छैन् भने नेकपा एमाले र नेपाली कांग्रेसले उपमेयर टुंगो लगाई सकेका छन् ।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


