Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

बैक अफ काठमाण्डुको बिपन्न समुदायलाई सहुलियत दरमा ऋण

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७४, श्रावण, २६
बैक अफ काठमाण्डुको बिपन्न समुदायलाई सहुलियत दरमा ऋण

 नवलपरासी , २६ साउन । बैक अफ काठमाण्डुले गरिब र बिपन्न समुदायहरुलाई लक्षित गरी सहुलियत दरमा ऋण उपलब्ध गराउन थालेको छ ।

बिपन्न समुदायको उत्थान साथै बैकको सामाजीत उत्तरदायीत्व पुरा गर्न गरिब र बिपन्न समुदायहरुका लागि कुनै पनि साना व्यवसाय थालनी गर्न बैकले सहुलियत दरमा ऋण उपलब्ध गराउन थालेको हो । बैकका विकास ऋण शाखा प्रमुख गणेश लम्सालका अनुसार साना व्यवसायको प्रकृति हेरी न्युनतम १० हजार देखी बढीमा चार लाख रुपैया सम्म ऋण रकम उपलब्ध गराईने छ ।

तिन दिन भित्र कर्जा स्विकृत गरीने , सहुलित दलरमा ऋण उपलब्ध गराउने र माग आय जति सबैलाई कर्जा उपलब्ध गराउने बैकको लक्ष्य रहेको बैक अफ काठमाण्डुका विकास ऋण शाखा प्रमुख लम्सालको भनाई छ । निम्न आय , गरिब र बिपन्न समुदाय साथै केही गर्ने सोच र अभिलास सहित आउने यस्तो बिपन्न समुदायका ग्राहकहरु ल्याएको सो सहुलियत दरमा ऋण उपलब्धबाट धैरे सेवाग्राही लाभाम्वीत हुने अपेक्षा गरिएको छ । देशभरी कुल ४० जिल्लामा ७५ वटा शाखा रहेको यस बैक अफ काठमाण्डु लुम्बिनीले चुक्ता पुजी कुल करिब ६ अर्ब रहेको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स