Jankari Kendra
१ भाद्र २०८३, सोमबार
Worldlink

नेफ्स्कूनद्धारा बर्दघाटमा रहेको ग्रामिण साकोस प्रदेश नं ५ को उत्कृष्ट सहकारीको रुपमा घोषणा

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७४, भाद्र, १
नेफ्स्कूनद्धारा बर्दघाटमा रहेको ग्रामिण साकोस प्रदेश नं ५ को उत्कृष्ट सहकारीको रुपमा घोषणा

सुनयना चौधरी नवलपरासी  ,

नवलपरासीको बर्दघाट नगरपालीका वडा नं ४ मा रहेको ग्रामिण बचत तथा ऋण सहकारी संस्था लि। प्रदेश नं ५ को उत्कृष्ट सहकारीको रुपमा पुरस्कृत हुने भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि।नेफ्स्कून  को गत श्रावण ३२ गते सम्पन्न ३० औं स्थापना दिवसको अवसरमा संघले गत वर्ष उत्कृष्ट कार्य गरे वापत प्रदेश नं। ५ बाट ग्रामिण साकोस, नवलपरासीलाई उत्कृष्ट सहकारीको रुपमा घोषणा गर्दै पुरस्कृत गर्ने भएको हो ।
संघले प्रत्येक वर्ष संघमा आवद्ध सहकारीहरु मध्ये उत्कृष्ट सहकारीहरुलाई पुरस्कृत गर्दै आएको छ । अन्य प्रदेशमा सम्मानित एवं पुरस्कृत हुनेहरुमा प्रदेश नं।१ बाट सुनपकुवा साकोस, मोरङ्ग, प्रदेश नं। २ बाट सगरमाथा साकोस, बारा, प्रदेश नं। ३ बाट शुभकामना साकोस, भक्तपुर, प्रदेश नं।४ बाट नवप्रगति साकोस, नवलपरासी, प्रदेश नं।६ बाट जनहितकारी साकोस, सुर्खेत, प्रदेश नं।७ बाट जीवनज्योति साकोस, बैतडी रहेको ग्रामिण साकोसका अध्यक्ष रविन्द्र विक्रम हमालले जानकारी दिनुभयो । अध्यक्ष हमालले संस्थालाई यस स्थानसम्म ल्याइपु¥याउन सहयोग गर्नुहुने शेयर सदस्य, संचालक समिति, सल्लाहकार, कर्मचारी, शुभचिन्तक महानुभावहरुमा हार्दिक बधाई तथा धन्यवाद ज्ञापन गर्नुभएको छ साथै आगामि दिनमा संस्थालाई एसियाकै उत्कृष्ट सहकारीको रुपममा स्थापित गर्ने पनि बताउनुभयो । २०५१ सालमा स्थापना भएको ग्रामिण साकोसले विभिन्न समयमा सामाजिक कार्य गर्दै आइरहेको संस्थाका व्यवस्थापक अनन्त पाण्डेयले बताउनुभएको छ । संस्थाले यस वर्षदेखि महिला शेयर सदस्यहरुलाई लक्षित गर्दै गृहिणी बचत , गरगहना बचत, चाड पर्व बचत लगायतका सेवा सुरु गरेको व्यवस्थापक पाण्डेयले बताउनु भयो ।

naima expoTop Changing Nepal

युट्युब सट्स