Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

कारागारमा कैदीबन्दीबीच झडप हुँदा ३७ जनाको मृत्यु

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७४, भाद्र, १
कारागारमा कैदीबन्दीबीच झडप हुँदा ३७ जनाको मृत्यु

काठमाडौं, १ भदौ ।

भेनेजुएलाको एक कारागारमा कैदीबन्दीका दुई समूहबीच झडप हुँदा ३७ जनाको मृत्यु भएको छ ।

प्युएर्टो आयाकुचोस्थित कारागारमा कैदीबन्दीका दुई समूहबीच भएको झडपमा १४ कर्मचारीसमेत घाईते भएका छन् । १ सय ५ जना कैदीबन्दी रहेको यो कारागारमा सामान्य वादविवादपछि झडप भएको हो ।

घटना लगत्तै कारागारको सुरक्षा व्यवस्था कडा तुल्याइएको छ । कारागारमा रहेका बाँकी कैदीबन्दीलाई सुरक्षित राखिएको छ ।(एजेन्सी)

 

naima expoTop Changing Nepal

युट्युब सट्स