Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

पाल्हीनन्दन गाउँपालिकामा स्थानिय द्वारा पुन तालाबन्दी

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७४, आश्विन, १०
पाल्हीनन्दन गाउँपालिकामा स्थानिय द्वारा पुन तालाबन्दी

रबिन्द्र यादव परासी, १० असोज ।

नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका स्थानिय जनताले गाउँपालिका घेराउ गर्दै आज फेरि तालाबन्दी गरेका छन् । गाउँपालिकाको नयाँ भवन कुश्मा गाउँमा बनाउनु पर्ने माग राख्दै स्थानियले आज दिउसो गाउँपालिका घेराउ गरि तालाबन्दी गरेका हुन् । कुश्मा परसीया गाउँबाट सयांैको संख्यामा आन्दोलनमा उत्रेका स्थानियहरु गाउँपालिकाको भवन कुनै पनि हालतमा बेलासपुर बनाउन नदिने चेतनावनी दिदै कार्यालयमा तालाबन्दी गरि महेसपुर परासी सडकखण्डमा एक घण्टा चक्का जाम गरेका थिए । चक्काजामले अवरोध भएको बाटोका कारण यातायात ठप्प बनेको थियो ।

गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता (दिपक) ले बार्डको बैठकमा कार्यालयको भवन बेलासपुरमा बनाउने भनि कुनै प्रकारको कुरा नझिकि सोझै गाउँपरिषदबाट वडा अध्यक्ष एवं सदस्यहरुलाई मिलाई बहुमत पु¥याएर निर्णय गराएको विरोधमा अस्ती आईतबार ८ गते स्थानियले कार्यालय घेराउ गर्दै तालबन्दी गरेका थिए । एक त गाउँलले गरेको तालबन्दी अध्यक्ष गुप्ताले स्थानिय जनताको बिना सहमति, प्रशासनको सहयोगमा ताला फुटाउने कार्य गरे । यता हिजो सोमबार स्थानिय दाता गिरी, तारिन्द्र बर्मा र द्धारिका जयसवालको टोली गाउँपरिषदबाट बहुमति पु¥याई कार्यालय भवन बेलासपुरमा बनाउने निर्णयको प्रतिलिपि माग्न जाँदा अध्यक्ष गुप्ता र ति व्यक्तिहरु बिच भनाभन पनि भयो ।

अध्यक्षले स्थानिय संग सहमति नगरेको र प्रतिलिपि नदिई उल्टै सार्वजनिक मुद्दा चलाउने धम्की दिएकोे विरोधमा स्थानिय जनता आज फेरि पनि गाउँपालिका घेराउ गरि तालबन्दी गरेको स्थानिय आन्दोलित दाता गिरीले बताए ।


अध्यक्ष गुप्ताले परिषदबाट बहुमत पु¥याई गाउँपालिका भवन बेलासपुर चोकको पश्चिम २ सय मिटर झुल्निपुरको पोखरी पुरेर बनाउने निर्णय प्रति गाउँपालिका उपाध्यक्ष पावित्रा कोहार सहित विभिन्न वडा अध्यक्ष एवं सदस्यहरुले आपत्ति जनाएका थिए । स्थानिय तह पुर्न संरचना आयोगले ताकेको गाउँपालिका केन्द्र साविक कुश्मा गाविस भवन रहेको उपाध्यक्ष कोहारले भन्दै भवन पनि यसै गाउँमा रहेको गाविस भवनको जग्गामा बनाईनु पर्ने हाम्रो माग रहेको बताईन् । साविक कुश्मा गाविस हाल पाल्हीनन्दन गाउँपालिकाको वार्ड नम्बर ३ मा पर्दछ र अहिले सार्न लागिएको कार्यालय भवन बेलासपुर पनि वार्ड नम्बर ३ मै पर्दछ । कुश्मा सबै वार्डको सेण्टर रहने हुँदा यसलाई अन्यत्र नसार्न स्थानियले सम्बन्धित निकायमा आग्रह गरे । साविक कुश्मा गाविसको भवनबाट करिब ४ सय मिटर पुर्व गाविसको नाउमा १ विगाहा भन्दा बढि जग्गा रहेको छ जुन कार्यालय भवनका लागि उचित स्थान रहने स्थानियले विचार व्यक्त गरे

naima expoTop Changing Nepal

युट्युब सट्स