काठमाडौंमा सेनाको निःशुल्क बस सेवा, यस्तो छ रुट
जानकारी केन्द्र
२०७४, आश्विन, १४
काठमाडौं १४ असोज । टीकाको दिन आज शनिबार नेपाली सेनाले काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा चलाउने भएको छ । शनिबार बिहान ६ बजेर र ११ बजे तथा दिउँसो ४ बजे भद्रकालीबाट ८ वटा रुटमा निःशुल्क बस सेवा दिइने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
यस्तो छ रुट
पहिलो रुट
अन्तरगत भद्रकाली, माइतीघर, बानेश्वर, कोटेश्वर, एकान्तकुना, बल्खु, कीर्तिपुर, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, रत्नपार्कमा बस सञ्चालन गर्नेछ ।
दोस्रो रुटमा
भद्रकाली, जमल, लैनचौर, नारायणगोपाल चोक, बुढानीलकण्ठ, बालाजु चोक, सोह्रखुट्टे, कान्तिपथ, माइतीघरसम्म बस चल्नेछ ।
तेस्रो रुट
भद्रकालीबाट छुटेको बस माइतीघर, त्रिपुरेश्वर, कालिमाटी, कलंकी, थानकोट, स्वयम्भु, छाउनी, ताहाचल, टेकु, थापाथलीसम्म पुग्नेछ ।
चौथो रुट
भद्रकाली, माइतीघर, बानेश्वर, तीनकुने, गौशाला, चाबहिल, जोरपाटी, नारायणगोपाल चोक, लाजिम्पाट, कान्तिपथ हुँदै भद्रकाली फर्कनेछन् ।
पाँचौ रुट
भद्रकालीबाट थापाथली, कुपण्डोल, जावलाखेल, सातदोबाटो, चापागाउँ, सातदोबाटो, तीनकुने, बानेश्वर, शहीदगेटसम्म फर्कनेछन् ।
छैठौं रुट
भद्रकालीबाट दरबारमार्ग, कमलपोखरी, गौशाला, चाबहिल, बौद्ध, साँखु, चाबहिल, गौशाला, तीनकुने, भद्रकाली फर्कनेछन् ।
सातौं रुट
भद्रकाली, माइतीघर, नयाँ बानेश्वर, पुरानो बानेश्वर, गौशाला, सिनामंगल, कोटेश्वर, सूर्य्विनायक, ठिमी, कोटेश्वर, माइतीघर हुँदै भद्रकाली फर्कने छन ।
आठौं रुट
भद्रकालीबाट छुटेर माइतीघर, कोटेश्वर, सातदोबाटो, कलंकी, बालाजु, चाबहिल, गौशाला, तीनकुने हुँदै भद्रकाली फर्कनेछन् ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

