Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

टोटनह्यामका ह्यारी विङ्क्सलाई इङ्गल्याण्डको राष्ट्रिय टिममा निम्तो

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७४, आश्विन, १८
टोटनह्यामका ह्यारी विङ्क्सलाई इङ्गल्याण्डको राष्ट्रिय टिममा निम्तो

काठमाडौं,

इङ्गलिस क्लव टोटनह्यामका खेलाडी ह्यारी विङ्क्स पहिलो पटक इंग्लण्डको राष्ट्रिय फुटबल टोलीमा डाकिएका छन् ।

स्लोभेनिया र लिथुआनियाविरुद्ध यही हप्ता हुने विश्वकप छनोट खेलको लागि इङ्गलिस प्रशिक्षक ग्यारेथ साउथगेटले विङ्क्सलाई टोलीमा बोलाएका हुन् ।

टोटनह्याम हट्सपरका लागि जारी सिजनमा उत्कृष्ट प्रदर्शन गरिरहेका मिडफिल्डर ह्यारी विङ्क्सले सुरुवाती एघारमा स्थान पाउने संभावना भने न्युन छ ।

यसअघि नियमितरुपले इंग्लीश टोलीमा पदैं आएका फाबियान डेल्फ र फिल जोन्स घाईते भएका कारण विङ्क्सले अवसर पाएका हुन् । विङ्क्सले यसअघि इंग्लण्डका विभिन्न पाँचवटा उमेर समुहबाट खेलिसकेका छन् ।

इंग्लण्डले यही विहिवार स्लोभेनियासँग तथान आईतवार लिथुआनियासँग विश्वकप छनोटका खेलहरु खेल्दैछ ।

naima expoTop Changing Nepal

युट्युब सट्स