आलियालाई दीपिकाको अनौठो चिठ्ठी, के छ चिठ्ठीमा ?
बलिउडका नायिकाहरुबीच आपसी सम्वन्ध त्यति राम्रो छैन । कसैको फिल्म खोसेको निहुँमा त कसैको व्वाइफ्रेण्ड खोसेको निहुँमा एक-अर्कालाई फुटेको आँखाले पनि हेर्न सक्दैनन् ।तर, दीपिका पादुकोण र आलिया भट्टको कुरा अलग छ । उनीहरु एक-अर्काको प्रशंसा गरेर थाक्दैनन् । दीपिकाको नयाँ फिल्म पद्मावतीको ट्रेलर हालै सार्वजनिक भएको छ । आलियाले उक्त ट्रेलरलाई लिएर दीपिकाको जमेर प्रशंसा गरिन् ।

एउटा पोडकास्टमा आलियाले दीपिकाको बारेमा भनिन्, ‘पद्मावतीको रुपमा दीपिका साह्रै राम्री देखिएकी छिन् । मलाई थाहा छ कि म कहिल्यै उनीजस्तो देखिन सक्दिन । न उनीजस्तो गर्न नै सक्छु । दीपिका विलकुल रानीजस्ती देखिएकी छिन् । मलाई विश्वास छ उनले फिल्ममा काम पनि शानदार गरेकी छिन् ।’यसमा दीपिकाले टि्वट गर्दै आलियालाई जवाफ दिएकी थिइन् । उनले लेखिन्, ‘माइ आलू… यू मेक नो सेन्स… लभ यू ।’तर, त्योभन्दा दुई कदम अघि बढेर दीपिकाले आलियालाई एउटा चिठ्ठी नै पठाइन् । त्यो पनि एउटी फ्यानको रुपमा । लक्स गोल्डन रोज अवार्ड्स २०१७ को प्रोमोमा आलियालाई दीपिकाले यो चिठ्ठी दिएको देख्न सकिन्छ । इन्स्टाग्राममा पनि यसको एउटा भिडियो सेयर भएको छ ।
चिठ्ठीमा दीपिकाले लेखेकी छिन्ः
डियर आलिया‘हाइवे’ मा तिमी बिना मेकअप पनि असाध्यै सुन्दरी देखिएकी थियौ । तर सडकमा बिताएका ती ५२ कठिन दिन कसैले थाहा पाएनन् । आलिया, तिमी छौं सबैभन्दा सानी, तर मेहनत गर्नमा सबैभन्दा ठूली ।तिम्री सबैभन्दा ठूली फ्यान दीपिका र आलियाको यो मित्रता देखेपछि भन्न करै लाग्छ कि बलिउडमा नायिकाहरुबीच मित्रता र प्रेमको युग सुरु भएछ ।
सम्बन्धित समाचार
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
प्रदीपसिंह रावत, जो थिए १०० करोड रुपैयाँ कमाउने बलिउडका पहिलो खलनायक
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


