ला लिगामा रियल मड्रिड पराजित
जानकारी केन्द्र
२०७४, फाल्गुन, १७
काठमाडौं, स्पेनिस लिग फुटबलमा इस्पानियोलले रियल मड्रिडलाई हराएको छ ।
गएराति इस्पानियोलको मैदानमा भएको खेलमा घरेलु टोली १-० ले विजयी भयो । खेलमा ईस्पानियोललाई विजयी गराउन जेरार्ड मोरेनोले खेलको इन्जुरी समयमा गरेको गोल निर्णायक बन्यो ।
ईस्पानियोलले सन् २००७ यता रियमल मड्रिडमाथि जित हात पारेको यो पहिलो अवसर हो । पछिल्लो २२ खेल मध्य तीनमा बराबरी गर्नु बाहेक अरु सबैमा हार व्यहोरेको इस्पानियोलले गएरातिको खेलमा भने रियाललाई स्तब्ध पार्न सफिल रह्यो ।
यो हारसँगै रियाल मड्रिडले स्पेनिस ला लिगामा शिर्ष स्थानको बार्सिलोनासँग अंक दुरी घटाउने अवसर गुमाएको छ । तेस्रो स्थानको रियालको २६ खेलबाट ५१ अंक छ । २५ खेल खेलेको बार्सिलोनाको ६५ अंकका साथ शिर्ष स्थानमा छ भने समान खेलबाट ५८ अंक जोडेको एथ्लेटिको मड्रिड दोस्रो स्थानमा छ ।
एजेन्सीको सहयोगमा
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


