चलचित्र “अनुराग”का नायिका एलिजा र नायक समुद्रको यस्तो गित सार्वजनिक हुदै
जानकारी केन्द्र
२०७५, बैशाख, ३१
निर्देशक सत्यराज चौलागाईंको डेब्यु निर्देशन रहेको चलचित्र ‘अनुराग’को गीत शुक्रबार सार्वजनिक हुने भएको छ । “यस्तो साथी तिम्रो बन्छु म…” बोलको गित उत्कृष्ट बनेको निर्देशक चौलागाईंले बताएका छन् । गीतलाई सरोज पोखरेलको संगीतमा अन्जु पन्त र सुगम पोख्रेलले गएका छन भने निर्देशक चौलागाईको आफ्नै शब्द रहेको छ । बिक्रम स्वारको कोरियोग्राफी रहेको यस गीतको भिडियोमा नायिका एलिजा गौतम र नायक समुन्द्र पण्डितले फिचर गरेका छन् । उक्त गीतलाई टेकेन्द्र शाहले सम्पदान गरेका छन्. ।
फिल्म ‘अनुराग’को वर्ष २०७५ को श्रावण २५ गतेलाई प्रदर्शन मिति तोकिएको छ ।
‘अनुराग’मा नायिका एलिजा गौतमका साथमा नव नायक समुन्द्र पण्डित र ठिलेन लामाको मुख्य अभिनय रहेको छ ।साथै फिल्ममा राजाराम पौडेल, सरोज खनाल, रुपा राणा, विश्व बस्नेत , शिशिर राणा, मोहन निरौला लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।
एक पृथक संगीतिक प्रेमकथामा बनेको ‘अनुराग’लाई एरिका फिल्म्सको ब्यानरमा तयार पारिएको हो।चर्चित पत्रकार ऋषि धमलाको प्रस्तुति रहेको ‘अनुराग’ फिल्ममा भरत गौतम र गीता भेटवाल को लगानी रहेका छ । उक्त फिल्ममा लाइन प्रोडुसर दिपक गौतम रहेका छन भने निर्माण नियन्त्रकका रुपमा नविन पुरी रहेका छन् | फिल्ममा ताराप्रकाश लिम्बु र सरोज पोखरेलको संगीत, प्रविन सिंह र बिक्रम स्वारको कोरियोग्राफी, किरण दाहालको कथा, सत्यराज चौलागाई र आगत केसीको पटकथा तथा संवाद, राम कुमार केसीको छायाँकन रहेको छ ।
यस्तो छ यस अघि सार्वजनिक गरिएको चलचित्र अनुराग को गित
यसरि गरिएको थियो सुटिंग
https://www.youtube.com/watch?v=49zyDVP5Ffs
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


