सन्दीपको अर्को छलाङ्ग, क्यानडामा पनि लिग खेल्ने
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) मा छनौट भए देखि नै चर्चाको चुलिमा रहेका लेग स्पीनर सन्दीप लामिछानेले अब क्यानडाको ग्लोबल टि–२० लिगमा पनि खेल्ने भएका छन् ।
कुल ६ टिम संलग्न यस लिगमा सन्दीपलाई मन्टरियल टाइगर्सले आफ्नो टिमको लागि छनौट गरेको हो । उक्त टिममा सन्दीप सँगै अन्तर्राष्ट्रिय क्रिकेटका धुरन्धर वेष्ट इन्डीजका सुनिल नारिन, श्रीलंकाका थिसारा परेरा र लासिथ मालिंकाको साथै पाकिस्तानका मोहम्मद हफिज पनि छन् ।
डबल राउन्ड लिग आधारमा खेलिने यो प्रतियोगिता २८ जुन देखि सुरु भइ १५ जुलाई सम्म सम्पन्न हुनेछ । गत फेब्रुअरीमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले यो प्रतियोगिता आयोजना गर्न स्वीकृति दिएको थियो ।
सन्दीपले मे ३१ मा विश्व ११ बाट क्रिकेट खेलेका थिए भने अब वेष्ट इन्डीजको टि–२० लिग क्यारेबियन प्रिमियर लिग खेल्ने पनि तालिका रहेको छ । यो सँगै सन्दीप नेपालबाहेक अरु ३ देशको क्रिकेट लिग खेल्ने पहिलो नेपाली खेलाडि भएका छन् ।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


