बलात्कारीलाई मृत्युदण्ड माग गर्दै माइतीघरमा अर्धनग्न प्रदर्शन , स्थिति तनावग्रस्त
जानकारी केन्द्र
२०७५, भाद्र, २
काठमाडौँ,
बलात्कारीलाई फाँसीको सजाय हुनुपर्ने माग राख्दै राजधानीको माइतिघरमा अर्धनग्न प्रदर्शन गरिएको छ।
महिलाहरुले काठमाडौंमा पेटीकोट लगाई प्रदर्शन गरेका छन् । उनिहरुले बलात्कार गर्ने पुरुषलाई फाँसीको व्यवस्था हुनुपर्ने भन्दै अर्धनग्न प्रदर्शन गरेका हुन् । सो क्रममा प्रहरीले कालो पेटीकोट लगाएर प्रदर्शनमा उत्रिएपछि धरपकड गरी केहि महिलाहरुलाई नियन्त्रणमा लिएको छ । उनिहरुले बलात्कारीलाई फाँसी दे भन्दै नाराजुलुस गरेका थिए ।
पक्राउ पर्नेमा जय नारी अभियानकी सावित्री सुवेदी, दिया भण्डारी लगायतका आधा दर्जनभन्दा बढी प्रदर्शनकारीलाई पक्राउ गरेको छ।
प्रहरीले पक्राउका क्रममा महिलामाथि हातपात गर्नुका साथै दुव्र्यवहार गरेको आरोप पैदर्शनकारीले लगाएका छन्।
संविधानमै बलत्कारीलाई फाँसी दिलाउने व्यवस्था हुनुपर्ने महिला अधिकारकर्मीको मुख्य माग थियो ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


