Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

नवलपरासी पश्चिममा बेसार खेती व्यवसायीक बन्दै ।

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७५, भाद्र, २७
नवलपरासी पश्चिममा बेसार खेती व्यवसायीक बन्दै ।

रबिन्द्र यादव / नवलपरासी पश्चिम

अाजकल भारतीय सिमावर्ती क्षेत्रका महिलाहरु बिभिन्न समुहमा आवद्ध भएर आयमुलक कृयाकलापमा पनि समावेश हुदै गएका छन । जुन कारणले गर्दा महिलाहरुको दिनचर्यामा पनि अायमुलक र सिपमुलक परीवर्तन हुदै गएको छ । आयमुलक कृयाकलाममा समावेश हुदा उनिहरुको जिवन स्तरमा पनि सुधार हुदै गएको छ । आयमुलक कृयाकलापमा समावेश हुने क्रममा प्रतापपुर गाउँपालिका वडा नं ५ र ६ का करिब २ सय बढि महिलाहरुले समुहगत रुपमा बेसार खेति गर्दै आएका छन ।

जसबाट यस भारतीय सिमा क्षेत्रका महिलाहरुको जिवन स्तरमा पनि सकारात्मक परीवर्तन आएको छ । उनिहरु अात्मनिर्भर बन्दै गएका छन् । उनिहरु अा-अाफ्नो बाझो जग्गामा करीब ३ भन्दा बढि बिगाहा जमिनमा अहिले समुहगत रुपमा बेसार खेति गर्दै आईरहेका छन । अाफ्नो जग्गामा लगाएको बेसार खेति बाट महिलाहरुको आर्थिक स्तर सुधारको लागि प्रभावकारी बन्दै गईरहेको छ । धान गहुँ उखु तोरी मसुरो जस्ता खेती नहुने बाझो जमिनको पनि सदुपयोग हुने र आयआर्जन पनि हुने भएकाले महिलालाई जिविकोपार्जनमा सहजता थपियोस भनेर बाझो (खाली) जमिनमा बेसार खेतिको लागि बिभिन्न समुहलाई वितरण गरीएको मेड नेपालका कार्यक्रम संयोजक शैलेश कुमार अचार्यले बताउनु भयो । प्रत्येक एक जनाको एक कठ्ठा बराबर २० केजी बेसार बीउ वितरण गरिएको अचार्यले बताए । मेड नेपालले समुहमा रहेका २ सय ११ जना महिलालाई बेसार बीउ प्रदान गरेको साथै उनिहरुलाई चाहिने खेती कलेन्डर समेत पनि प्रदान गरिएको छ । हाल अा- अाफ्नो जग्गामा १९ समुहले बेसार खेति गर्दै आईरहेका छन ।

प्रत्येक जनाले बेसार खेतिबाट एक पटकमा करीब ५ हजार देखि १० हजार सम्म आम्दानि गर्न सफल हुने भएका छन । प्रतापपुर गाउपालिका वटा ५ र ६ का १९ समुहले बेसार खेति गरेका छन जस बाट झण्डै १० लाख देखि साढे १० लाख सम्म ति समुहले आम्दानि गर्ने भनेर मेड नेपालका कार्यक्रम संयोजक अचार्यले बताउनु भयो । बिषेशगरेर महिलालाई जिविकोपार्जनमा सहयोग पुर्याउन र आयमुलक कृयाकलापमा समावेश गर्ने हिसाबले बाझो खाली जमिनमा स्थानिय महिला समुहलाई समुहगत बेसार बिउ प्रदान गरेको मेड नेपालका फिल्ड सुपरवाइजर शिशुपाल कुशवाहाले बताउनु भयो ।

खाली जग्गा भित्र बेसार बिउ संगै चाहिने समाग्री समेत वितरण गरीएको छ । “पहिला सानो तिनो काम गर्न पनि पैसा नहुने ,बाहिर कता खोज्नु , छोराछोरी पढ्दै गर्दा कापी कलम किन्न समस्या हुन्थ्यो ,ब्याज पनि चर्को अहिले बेसार बेचेर आएको पैसाले काम चलाउछौ धेरै सजिलो भएको छ ” बालपुरी समुहकी सचिव सबिता बरई बताउनु हुन्छ । “सानोतिनो काम गर्नको लागि पनि आफु संग पैसा नहुने श्रीमान संग पैसा माग्नु पर्ने बाध्यता थियो अहिले आफुले कुनै काम गर्नु परेमा पैसाको खाचो खासै हुदैन ” बरइले भन्नु भयो । महिलाहरु घरको चुलो चौकोमा मात्र सिमित हुन्थे, आज चेतनाको पनि वृद्धि भएको छ ,आफ्नो लागि आफुले नै केहि गर्नु पर्छ केहि गर्न सकिन्छ भन्ने भावनाको विकाश भएको छ, जसले गर्दा बिभिन्न समुहमा आवद्ध हुने देखि आयमुलक काममा पनि समावेश हुदै गएका छन त्यसैको उदाहरण सामुहिक बेसार खेति भएको प्रतापपुर गाउँपालिका अध्यक्ष राजकुमार शर्माले बताउनु भयो । यस अघि मेड नेपालले उक्त वडाको ५ सय विपन्न घरधुरीमा कुखुरा तथा बेमौसमी तरकारी बीउ वितरण गरिसकेको थियोे । यी कार्यक्रमहरु मेड नेपालको अायोजना तथा एसीएफ को अार्थिक सहयोगमा संचालित छ । यी समूह बाहेक पनि नवलपरासीमा केही किसानहरुले बेसार खेती गर्दै अाइरहेका छन ।

naima expoTop Changing Nepal

युट्युब सट्स