Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

सौचालय गएकी एक बालिका बलात्कृत

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७५, कार्तिक, १७
सौचालय गएकी एक बालिका बलात्कृत

कपिलवस्तु । कपिलवस्तुमा फेरी अर्की १३ वर्षीय बालिका बलात्कृत भएक्पो घटना बाहिरिएको छ | जिल्लाको शिवराज नगरपालिका वडा नं. १ मा १३ वर्षीया बालिका बलात्कृत भएकी छन् । गत बुधबार राति शौच गर्न जाँदा स्थानीय २२ वर्षीय खिम बहादुर वि.क.ले बारीमा लगेर जवरजस्ती करणी गरेको पीडित बालिकाले बताएकी छन् ।बालिकाका परिवारले विकविरुद्ध वडा प्रहरी कार्यालय चन्द्रौटामा किटानी जाहेरी दिएका छन् ।

देउँसी भैलोको तयारी गरी राति करिब १० बजे घरमा आएकी बालिका शौच गर्न घर नजिकैको शौचालयमा जाँदै गर्दा विकले जबरजस्ती तानेर मुख थुनिदिएर बलात्कार गरेको पीडितको आरोप छ । परिवारलाई राति नै बालिकाले घटनाबारे बताए पनि परिवारले बिहीबार बिहान मात्रै प्रहरीलाई खबर गरेको थियो ।उजुरीका आधारमा प्रहरीले युवकलाई बिहीबार नै पक्राउ गरेर म्याद थप गरी अनुसन्धान गरिरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख महेश्वर उपाध्यायले बताए ।

प्रहरीका अनुसार पीडित बालिकालाई जिल्ला अस्पतालमा उपचार गरेर घर पठाइएको छ ।विकले भने आफूले करणी नगरेको प्रहरी समक्ष दावी गर्दै आएका छन् ।

 

naima expoTop Changing Nepal

युट्युब सट्स