Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

सरकार छोड्दै उपेन्द्र यादव, आकस्मिक बोलाए पार्टीको बैठक

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७५, मंसिर, २१
सरकार छोड्दै उपेन्द्र यादव, आकस्मिक बोलाए पार्टीको बैठक

 सत्तारुढ दल संघीय समाजवादी फोरम नेपालले सरकार छोड्ने अन्तिम तयारी थालेको छ । सूत्रहरुले दिएको जानकारीअनुसार पछिल्लो समय प्रधानमन्त्री ओली र उपप्रधानमन्त्रीसमेत रहेका फोरम अध्यक्ष उपेन्द्र यादवबीच भनाभन नै भएको छ ।

यादवले संविधान संशोधन प्रक्रिया अघि बढाउनको लागि प्रधानमन्त्रीले आलटाल गरिरहेको भन्दै सार्वजनिक रुपमै आफ्नो असन्तुष्टि पोख्दै आएका थिए ।

पछिल्लो समय एशिया प्यासिफिक समिटलाई लिएर मन्त्रिपरिषद बैठकमा मन्त्री यादवले प्रधानमन्त्री ओलीलाई विवादित समिटमा किन सहभागी भएको भनेर प्रश्न गरेका थिए । एक जना मन्त्रीका अनुसार उक्त बैठकमा प्रधानमन्त्री ओली र यादवबीच निकै ठूलो स्वरमा चर्काचर्की नै भएको थियो ।

पार्टीबाटपनि यादवलाई तत्काल संविधान संशोधन प्रक्रिया नबढे सरकारबाट बाहिरिन दबाब आएको छ । यही विषयमा निर्णय लिनको लागि यादवले भोलि पार्टीको केन्द्रिय किमिटी बैठक डाकेका छन् ।

naima expoTop Changing Nepal

युट्युब सट्स