Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

स्कुलबाट हराएका तीन बालिका बुटवलमा भेटिए

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७५, पुष, १५
स्कुलबाट हराएका तीन बालिका बुटवलमा भेटिए

 पुस १० गतेदेखि स्कुलबाट एकसाथ बेपत्ता भएका सुर्खेतका तीन बालिका बुटवलमा भेटिएका छन् । बालिकाहरुलाई आइतबार बुटवल बसपार्कमा प्रहरीले फेला पारेको हो ।

स्कुलको हाफटाइममा निस्किएका किशोरी घर नफर्के पछी परिवारले खोजीका लागि प्रहरीलाई निवेदन दिएका थिए । उनीहरुलाई सुर्खेत, नेपालगन्ज र बुटवलका प्रहरीले खोजी कार्य तीव्र पारेको थियो । यसैक्रममा इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले तीनैजनालाई आज (आइतबार) बिहान बुटवल बसपार्कमा फेला पारेको हो ।

बालिकाहरुको साथमा एकजना अपरिचित व्यक्ति पनि थिए । बुटवल प्रहरीले भेटिएका बालिकाहरु र साथमा रहेका व्यक्तिलाई सुर्खेत पठाउने तयारी गरिरहेको छ । 

सिम्ता गाउँपालिकाको वडा नम्बर ५ आलीमा पर्ने श्री नेपाल राष्ट्रिय माध्यामिक विद्यालयमा पर्दै गरेका खानिखोलाका १४ वर्षीया बालिका निशा सिंह ठकुरी, सोही ठाउँ बस्ने एकै घरका दुई दिदी बहिनी १५ वर्षीया यमुना खत्री र १२वर्षीया रिचिमा खत्री सँगै बेपत्ता भएका थिए। यमुना र निशा कक्षा ९ मा छात्ता हुन् भने, रिचिमा कक्षा ७ की  छात्रा हुन् । 

naima expoTop Changing Nepal

युट्युब सट्स