सावधान ! फस्नुहोला, जापानमा नेपाली कामदार लैजाने निर्णय भएको छैन
बैदेशिक रोजगार विभागले बैदेशिक रोजगारीको लागि जापान खुलेको भनि गरिएको भ्रामक विज्ञापन प्रति ध्यानाकर्षण भएको जनाएको छ। विगत केहि समय अघि देखि केहि छापाहरुमा व्यक्ति/कम्पनि तथा बैदेशिक रोजगार संचालनको लागि इजाजत प्राप्त संस्थाहरु समेतले जापानको लागि बैदेशिक रोजगारीमा कामदारहरु पठाउने तथा श्रम अनुमति समेत खुलेको भनि विज्ञापन प्रकाशित गरेको पाइएकोले ध्यानाकर्षण भएको विभागले जनाएको छ ।
विभागले जापान पठाउने भनि संस्थागत/ व्यक्तिगत/कम्पनीबाट गरिएको सबै क्रियाकलाप कानून विपरित देखिन आएकोले त्यस्ता गतिविधि नगर्न/नगराउन सबैमा सचेत गराएको छ। विभागले जारी गरेको सूचनाको अवज्ञा गरि गैर कानूनी क्रियाकलाप गरे/गराइएको पाइएमा त्यस्ता व्यक्ति/संस्था/कम्पनि उपर बैदेशिक रोजगार ऐन/नियम अनुसार तत्काल कारवाही गरिने विभागले जनाएको छ ।
नेपालबाट कामदार बैदेशिक रोजगारीमा जापानमा पठाउने सन्दर्भमा हालसम्म नेपाल सरकारबाट कुनै पनि निर्णय भई नसकेको विभागले जनाएको छ।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


