ईन्जिनियरिङका शिक्षकदेखि बलिउडसम्मको कथा
सन् १९७१ मा बलिउड प्रवेश गरेका अभिनेता कादर खानको ३० वर्षे फिल्मी करिअर र स्मरणीय छ । दिलिप कुमारसँगै पहिलो पटक काम गरेका कादर खानको दक्षता ‘स्क्रिन राइटिङ’, ‘डायलग राइटिङ’ र ‘कमेडी’मै थियो । यतिसम्म कि उनले लेखेका कतिपय डायलगलाई त ‘ट्रोल’ समेत बनाइयो ।
पढौँ उनको बारे व्यापक रुपमा सार्वजनिक नभएका १० तथ्य ।
१। अभिनयलाई पेशा बनाए पनि कादर खानको खास पढाइ ईन्जिनियरिङ थियो । उनी बलिउडमा प्रवेश गर्नुअघि मुम्बईस्थित एमएच सिद्धिकी कलेज अफ ईन्जिनियरिङमा सिभिल ईन्जिनियरिङ पढाउँथे ।
३। कादर खानले ३ सय भन्दा बढी फिल्ममा अभिनय गरे । र १ हजार भन्दा धेरै हिन्दी फिल्ममा त संवाद नै लेखे । खासमा उनी राम्रो संवाद लेख्नसक्ने सीप भएको व्यक्तिको रुपमा पनि चिनिन्थे । आफ्नो अभिनय अवधिमै उनले स्क्रिन राईटर, डायलग राइटर, कमेडीयन र निर्देशकको छवि बनाए ।
४। बलिउडमा बहुचर्चित बनेको ‘डायलग’ ‘बडे बडे बेपरमेँ अपुनका छोटा छोटा फोटो छाप्ता है १’ खानले नै लेखेका थिए ।
५। उनले दुईपटक सम्म उत्कृष्ट ‘डायलग राईटर’को रुपमा फिल्म फेयर अवार्डसमेत जितेका थिए ।
६। कादर खानले अर्का अभिनेता गोविन्दासँग कमेडी जोडीको रुपमा फिल्ममा गरेको काम कसैले बिर्सन नसक्ने मानिन्छ । त्यसो त कादर र गोविन्दाको जोडी असाध्यै सुहाउने मानिन्छ ।
७ उनका छोरा सर्फराज पनि बलिउडमा स्थापित कलाकार हुन् । तेरे नाम, रमैया भस्ताभैया लगायत फिल्ममा सर्फराजले राम्रो काम देखाएका थिए ।
८। उनले अरबिक भाषामा ओस्मानिया विश्वविद्यालयबाट स्नातकोत्तर गरेका छन् । क्यानडा, इन्डिया, पाकिस्तान, बेलायत र अमेरिकामै उनी अरेबिक भाषा ‘ईन्स्टिच्युट’ खोल्न चाहन्थे ।
९। उनले अमिताभ बच्चनकै लागि २२ वटा फिल्म लेखेका थिए ।
१०। ३० वर्षे अभिनय यात्रामा उनले पद्मा अवार्ड कहिल्यै जितेनन् ।
सम्बन्धित समाचार
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


