Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

छोरीको हत्या आंशकामा बाबु पक्राउ, आमा फरार

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७५, माघ, १६
छोरीको हत्या आंशकामा बाबु पक्राउ, आमा फरार

माघ १६, सप्तरी | यहाँ एक किशोरीको अर्धनग्न शव घरमै फेला परेपछि प्रहरीले हत्या आंशकामा उनका बुवालाई आज पक्राउ गरेको छ । बलान बिहुल गाउँपालिका–४ बेल्हीकी १६ वर्षीया सरिताकुमारी बडहीको चोटपटक लागेको अवस्थामा अर्धनग्न शव गत सोमबार राति घरमा भेटिएपछि प्रहरीले उनका बुवा ४५ वर्षीय तुरुन्तलाललाई पक्राउ गरेको जनाएको छ । मृतककी आमा समेत फरार रहेकाले घटना थप शङ्कास्पद भएको भन्दै उनको खोजतलाश भइरहेको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक सुरेन्द्रकुमार श्रेष्ठले बताउनुभयो । 

तुरन्तलालले हत्या गरेको अस्विकार गरे पनि सामान्य कुटपिट गरेको भने स्वीकारेका छन् । प्रहरीका अनुसार भारतमा विवाहिता दिदीका देवरसँग प्रेम गरिरहेकी सरिताले घरपरिवारले मञ्जुरी नदिए पनि प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि बुवाले कुटपिट गरेको स्वीकारेका छन् । 

प्रहरी निरीक्षक श्रेष्ठका अनुसार भित्रबाट चुकुल नलागेको कोठाको भित्ता छेउमा खाटमुनि लडेको शव अर्धनग्न अवस्थामा रहेको र मृत्तकको शरीरको केही भागमा चोटपटकका दागसमेत देखिएकाले प्रहरीले सुक्ष्म अनुसन्धान गरिरहेको छ । 

शव पोष्टमार्टमका लागि मंगलबार धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । पोस्टमार्टम रिपोर्ट र अन्य आवश्यक अनुसन्धानपछि सत्यतथ्य नजिक पुग्न सकिने प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिनुभयो । 

naima expoTop Changing Nepal

युट्युब सट्स