घुसखोर सव ईन्जिनियर बजगाई अख्तियार कञ्चनपुरको फन्दामा
जानकारी केन्द्र
२०७५, फाल्गुन, ५
फागुन ५, कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिकाका सब इन्जिनियर हृदयराज बजगाई ६० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका प्रहरी नायब उपरिक्षक प्रेमबहादुर बस्नेतको टोलीले बजगाइलाई कार्यालयबाटै पक्राउ गरेको हो ।
बेलौरी नगरपालिका ४ र ६ जोड्ने स्लाब कलभर्ट निर्माणको अन्तिम रनिङ बिल फरफारकका लागि सेवाग्राहीसँग ६० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा बजगाईलाई नियन्त्रणमा लिएको हो ।
उनलाई अख्तियारको हिरासतमा राखी अनुसन्धान सुरु गरिएको अख्तियारको कञ्चनपुर कार्यालयले जानकारी दिएको छ ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


