Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

विप्लपले कडा चेतावनी दिँदै निकाल्यो यस्तो विज्ञप्ति

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७५, फाल्गुन, ३०
विप्लपले कडा चेतावनी दिँदै निकाल्यो यस्तो विज्ञप्ति

फागुन ३०, काठमाण्डौ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आफूहरु नागरिक र राष्ट्रको भविष्यका लागि लडिरहेकाले चन्दा उठाउनु नैसर्गिक अधिकार भएको दाबी गरेको छ । 

आफ्नोको पार्टीलाई राजनीतिक पार्टीको रुपमा मान्यता नदिएर अपराधी समूह जस्तो व्यवहार गर्ने सरकारी निर्णय हास्यास्पद रहेको भन्दै यस्ता निर्णयले आफूहरु नझुक्ने विप्लप समुहले बताएका छन्  । 

गएको मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विप्लव समूहले आपराधिक गतिविधि गरेको भन्दै प्रतिबन्ध लगाएपछि उसले वक्तव्यमार्फत जवाफ फर्काएको हो ।

प्रतिबन्ध आफ्नो पार्टीलाई नभई राष्ट्र बेचेर खाने, विदेशीको दलाली गर्ने, भ्रष्ट, कमिसनखोर र तस्करहरुसँग मिलेर नागरिकका विरुद्ध अपराध गर्ने राज्यका मन्त्री र उनीहरुका मतियारलाई आफूहरुले प्रतिबन्ध लगाउने पनि विज्ञप्तिमार्फत उसले चेतावनी दिएको छ । 

naima expoTop Changing Nepal

युट्युब सट्स