मलेसियामा अलपत्र परेका १६ नेपालीको उद्धार, दुतावासले गर्यो यस्तो आग्रह
मलेसिया । मलेसियामा अलपत्र परेका १६ जना नेपालीको उद्दार गरिएको छ । हवाई टिकटको खर्च व्यहोर्न नसकी जुरु घरफिर्ती केन्द्र र जोहरवारु घर फिर्ती केन्द्रमा अलपत्र परेका १६ जना नेपाली नागरिकहरुलाई नेपाली दुतावासको सहयोगमा नेपाल फकाएको हो । फाल्गुण ३० गते जुरु घरफिर्ती केन्द्रबाट ६ र चैत्र ७ गते जोहरवारु घरफिर्ती केन्द्रबाट १० गरी १६ नेपालीलाई उद्दार गरी नेपाल पठाएको मलेसियास्थित नेपाली दुतावासले जनाएको छ ।
यसैवीच मलेसियामा विभिन्न जेल तथा घरफिर्ती केन्द्रहरुमा रहेका नेपालीलाई डर त्रास देखाई, उद्दार गरिदिने नाममा पीडितको परिवारबाट रकम उठाउने र विभिन्न मनि ट्रान्सफरबाट रकम बुझेर सम्पर्कविहीन हुने जानकारी दूतावासमा आउने गरेको बताइएको छ ।
दुतावासले यसरी अपरिचित र अनाधिकृत व्यक्तिहरुलाई उद्दार गर्ने नाममा रकम नबुझाउन अनुरोध गरेको छ । साथै, जेलमा परेका व्यक्तिको कानुनी उपचारमा लाग्ने खर्च नेपालबाट पठाउँदा परराष्ट्र मन्त्रालयमार्फत पठाउन पनि दुतावासको अनुरोध छ ।
घरफिर्ती केन्द्रमा रहेका नेपालीहरुको उद्दारको निमित्त नेपालबाटै कन्सुलर सेवा विभाग नारायणहिटीमार्फत जानकारी लिई एकतर्फी हवाईटिकटको व्यवस्था गरी राजदूतावासमा प्रेषित गर्न सकिने भएकोले आफन्तको उद्दारको निमित्त उक्त विभागमा सम्पर्क गर्नु हुन दूतावासले सवैलाई जानकारी गराएको छ ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


