Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

वाणिज्य बैंकदेखि अनुसन्धान अधिकृतसम्म सम्म विज्ञापन खुल्यो, ७४५ जनालाई रोजगारी अवसर

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७५, चैत्र, २३
वाणिज्य बैंकदेखि अनुसन्धान अधिकृतसम्म सम्म विज्ञापन खुल्यो, ७४५ जनालाई रोजगारी अवसर

रकारले २० हजार निजामती  कर्मचारीको नयाँ  भर्ना गर्ने तयारी गरिरहेको समयमा अन्य सरकारी निकायहरूमा  पनि एक साथ रोजगारी अवसर खुलेका छन्। यी सबै परीक्षा लोकसेवाले लिनेछ ।

शुक्रबार राष्ट्रिय वाणिज्य बैंक, रास्ट्रिय अनुसन्धान विभाग  र औद्योगिक व्यवस्थापन लिमिटेडले रोजगारी खुलाएका छन्। वाणिज्य बैंकले वरिष्ठ प्रवन्धक तह ९ देखि तह ४ सहायक सम्मका लागि सातै प्रदेशमा ६ सय ६१ जनाको लागि विज्ञापन खुलाएको छ ।

रास्ट्रिय अनुसन्धान विभागले अनुसन्धान अधिकृत ३० जना र अनुसन्धान सहायक २२ जनाको लागि विज्ञापन गरेको छ जसका लागि उमेर २५ वर्ष नकाटेको हुनुपर्ने  छ । औद्योगिक व्यवस्थापन लिमिटेडमा ३२ जनलाई रोजगारीको अबसर खुलाइएको छ।

naima expoTop Changing Nepal

युट्युब सट्स